यी हुन् टिकटकमा १० करोड फलोअर नघाउने १६ वर्षे अमेरिकी किशोरी



टिकटकमा फलोअरको सङ्ख्या १० करोड नघाउने कीर्तिमान पहिलो पटक एक अमेरिकी किशोरीले बनाएकी छन् । लोकप्रिय भिडियो शेयरिङ माध्यम टिकटक चलाउन थालेको डेढ वर्षमा कनेटिकट निवासी १६ वर्षीया चार्ली ड’मिलिओले सर्वाधिक फलोअर बनाउन सकेकी हुन् । केही दिनअघि यूट्यूबमा प्रकाशित एउटा भिडिओमा उनको व्यवहारका कारण उनी विवादमा परेकी थिइन् ।

उनको परिवारले सञ्चालन गरेको रीयालिटी शृङ्खला ’डिनर विथ द ड’मिलिओ’ को पहिलो भागमा ती किशोरीले आफ्ना भान्सेसँग अपमानपूर्वक व्यवहार गरेको भनेर आलोचना गरिएको थियो । विरोधस्वरूप ६ लाख भन्दा बढी मानिसले उनलाई फलो गर्न छोडेका थिए ।

तर क्षमायाचनासहित आफूले राम्रो व्यवहार गर्ने वाचा गर्दै उनले एउटा भिडिओ प्रेषित गरेपछि उक्त विवाद टुङ्गिएको थियो । टिकटकमा कीर्तिमान बनेपछि चार्लीले आफ्ना शुभचिन्तक र प्रशंसकहरूलाई ट्विटरमार्फत् धन्यवाद दिएकी छन् ।

उनले लेखेकी छन्, ‘दश करोड मानिसले मलाई समर्थन गर्दैछन्… यो वास्तविक हो भनेर म विश्वास गर्न सकिरहेकी छैन ।’ धेरै प्रयोगकर्ताले जस्तै पहिलो पटक चार्लीले पनि शयनकक्षमा नाचेको व्यक्तिगत भिडिओ टिकटकमा हालेकी थिइन् ।

गत वर्ष टिकटक र बाहिर पनि उनको धेरै चर्चा भयो । पाँच करोड फलोअर हुने पहिलो कीर्तिमान पनि उनले गत अप्रिलमा राखेकी थिइन् । गत वर्ष उनले एउटा एनिमेटिड चलचित्र ’स्टारडग एन्ड टर्बोक्याट’का लागि आफ्नो स्वाराङ्कन गराइन् ।

फ्याशन र सौन्दर्य प्रशाधनका विश्वविख्यात ब्र्यान्डहरूसँग उनको व्यावसायिक सम्बन्ध छ । यही वर्ष उनको एउटा पुस्तक पनि प्रकाशित हुँदैछ । फोब्र्सका अनुसार गत वर्ष उनले विभिन्न ब्र्यान्डसँग गरिएका सम्झौताबाट नै ४० लाख अमेरिकी डलर कमाएकी थिइन् । यो वर्षको आरम्भतिर टिकटकमा “रेनगेड“ नृत्य ट्रेन्ड हुँदा उनलाई श्रेय दिइएपछि चार्ली विवादमा परेकी थिइन्।

त्यो नृत्य वास्तवमा जोर्जिआकी जालैया ह्यार्मोन नामक अश्वेत किशोरीले सुरु गरेकी थिइन् । चार्लीले आफूले त्यो ट्रेन्ड सुरु गरेको दाबी गरेकी थिइनन् । तर टिकटकको एल्गोरिदममा उत्पन्न समस्याका कारण जातीय पूर्वाग्रह झल्किनेगरी विवाद उत्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला गरिने, तीन प्रकारका प्रवेश अनुमतिपत्रको व्यवस्था

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा यार्सागुम्बा सङ्कलन गर्न

बाइडनद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर

वासिङ्टनले केही घण्टाभित्रै किएभलाई नयाँ सहयोग पठाउन थाल्ने अमेरिकी राष्ट्रपति जो बाइडनले बताएका

महोत्तरीको मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रणमा

  जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा बुधबार दिउँसो लागेको आगो ६

घूस लिएको आरोपमा रूसी उपरक्षामन्त्री पक्राउ

रूसका दिवंगत विपक्षी नेता एलेक्सी नाभाल्नीको टोलीले गरेको अनुसन्धानले भ्रष्टाचार गरेको आरोप लगाएको