२७२२ जनामा कोरोना संक्रमण, ३,३०७ जना डिस्चार्ज



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २७२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप २७२२ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा १२८०, भक्तपुरमा १९६ र ललितपुरमा १६२ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ पछिल्लो २४ घण्टामा चार महिला र सात पुरुष गरी थप ११ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५२० पुगेको छ ।

पीसीआर विधिबाट थप १४,७३९ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा ४,८८५ जना रहेका छन् । आइसोलेसनमा २१,२३४ जना सक्रिय संक्रमित रहेका छन् । शुक्रबार थप ३,३०७ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ६०,६९६ पुगेको मन्त्रालयले जनाएको छ । आइसियूमा २१० र भेन्टिलेटरमा २९ जनाको उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
धनगढी उपमहानगरपालिकामा ‘विशेषज्ञ चिकित्सा वडा क्लिनिक सेवा’

काठमाडौं । कैलालीको स्वास्थ्य क्षेत्रमा रहेका विभिन्न समस्याका बारेमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका

वीरगञ्ज नाका हुँदै निर्यात झण्डै दोब्बरले बृद्धि

पर्सा । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको सात महिनाको अवधिमा ४०

मुग्लिन नारायणगढ सडकको वैकल्पिक मार्ग खुलाउन दुई करोड ६९ लाख विनियोजन

दमौली (तनहुँ) । मुग्लिन–नारायणगढ खण्डको वैकल्पिक सडकको ‘ट्रयाक’ खोल्ने कार्य सुरु भएको छ

गणतन्त्रमार्फत प्राप्त समानुपातिक समावेशी अधिकार हत्याउन प्रतिगामी शक्ति हाबी हुँदै गएः पूर्वउपराष्ट्रपति पुन

गोरखा । पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्धको आन्दोलन सम्भव नहुने बताएका