‘केन्द्र सरकार जिम्मेवार बन्न नसक्दा उपत्यकामा कोरोना संक्रमित बढे’



भक्तपुर । उपत्यका नगरपालिका मेयर फोरमका सचिव मदनसुन्दर श्रेष्ठले उपत्यकामा कोरोना नियन्त्रण गर्न केन्द्र सरकार जिम्मेवारी बन्न नसकेको आरोप लगाएका छन् । रफत सञ्चार क्लबले आइतबार भक्तपुुरमा आयोजना गरेको साक्षात्कारमा उनले सरकारकै लापरवाहीका कारण देशभरको संक्रमितको संख्याको आधा संख्या उपत्यकामा देखिएको बताए ।

उपत्यकामा अब लकडाउन नहुने बताउँदै श्रेष्ठले संक्रिय संक्रमितको क्षेत्रको पहिचान गरि फरक खालको निषेधाज्ञा लगाउनुपर्ने उल्लेख गरे । उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको निषेधाज्ञा कागजमै सीमित बन्दा उपत्यकामा महामारी फैलिएको उनले बताए ।

उनले कन्ट्याक्ट टेसिङ प्रभावकारी रुपमा हुन नसक्दा संक्रमितको संख्या बढेको आरोप पनि लगाए । फरक प्रसंगमा उनले उपत्यका विकास प्राधिकरण निश्चित व्यक्तिको आर्थिक चँगुलमा फसेको र उपत्यका नगरपालिकाले बिघटनको आवाज उठाउँदै आएको धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रियसभा उपाध्यक्ष अर्याललले दिइन् पदबाट राजीनामा

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । उनले बिहीबार

निराशा चिर्ने र भरोसा जगाउने चुनौती छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक आर्थिक वर्षमा बजेट मागिरहने तर पुँजीगत

राप्रपाले इलाम-२ मा लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले इलाम क्षेत्र नम्बर २ मा लक्ष्मी

अध्यक्ष भनेपछि भगवान्, भगवान् चाहिँ प्रश्नभन्दा माथिः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नयाँ भनिएका पार्टीहरू प्रश्नभन्दा माथि रहन