‘उपसभामुखको पद यति लामो समयसम्म रिक्त रहँदा प्रतिपक्ष, बुद्धिजीवीहरू र कानुन व्यवसायी किन मौन ?’



काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले रिक्त रहेको उपसभामुख पदलाई पूर्णता नदिएको भन्दै आपत्ति जनाएका छन् । सामाजिक संजाल फेसबुकमार्फत कोइरालाले उपसभामुख पदलाई पूर्णता दिन दवाव दिनुपर्ने बताएका हुन् ।

उनले लेखेका छन्, ‘नेपाली कांग्रेसले बिभिन्न संवैधानिक आयोगहरुमा भागबण्डा खोज्नुभन्दा संवैधानिक परिषदको (उपसभामुखको निर्वाचन) पुर्णतामा दवाव दिनुपर्ने होइन र ? परिषद सदस्य समेत रहेको उपसभामुखको पद यति लामो समयसम्म रिक्त रहँदा प्रतिपक्ष, बुद्धिजीवीहरू र कानुन व्यवसायी किन मौन ?’

उपसभामुखबाट शिवमाया तुम्बाहाङ्फेले गत माघ ६ गते राजीनामा दिएपछि सो पद रिक्त छ । संविधानमा सभामुख र उपसभामुख फरक पार्टीको हुनुपर्ने उल्लेख छ । सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि उक्त पदमा नेकपाबाट अग्निप्रसाद सापकोटा नियुक्त भएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अर्थमन्त्री, गृहमन्त्री र सरकार हाम्रै हो : अध्यक्ष ओली

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सानातिना घटनाले वर्तमान सत्ता समीकरणमा

रवि लामिछानेको प्रश्नः के जीबी राईका सारा बदमासीको ठेक्का मैले लिनु पर्ने हो ?

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफूले सहकारीबाट पैसा नलिएको दाबी गरेका

सुदूरपश्चिममा मुख्यमन्त्रीका लागि परेका दुवै दाबी अस्वीकृत, सरकार गठनका लागि फेरि आह्वान

सुदूरपश्चिम । सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीका लागि परेका दुवै दाबी अस्वीकृत

दलमा आवद्ध शिक्षकलाई कारबाही गर्ने शिक्षामन्त्रीको तयारी

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राजनीतिक दलमा आबद्ध शिक्षक, प्राध्यापक तथा