डा. केसीसँग भएका सम्झौताहरुको कार्यान्वयन स्थिति सार्वजनिक गर्न आयोगको आग्रह



काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले चिकित्सा शिक्षा सुधारका विभिन्न माग राखेर अनसनरत डा. गोविन्द केसीको जीवन रक्षा गर्न सरकारलाई आग्रह गरेको छ । आयोगले शुक्रबार विज्ञप्ति जारी गरी चिकित्सा शिक्षा जस्तो आधारभूत मानव अधिकारको विषयप्रति संवेदनशील हुन सरकारको ध्यानाकर्षण गराएको  हो ।

डा. केसीसँग विगतमा भएका सम्झौताहरुको कार्यान्वयन स्थिति सार्वजनिक गर्न पनि आयोगले सरकारलाई आग्रह गरेको छ । त्यस्तै आपसी विमतिका विषय वार्ता र संवादको माध्यमबाट समाधान गर्न तथा आमरण अनसन जस्तो जीवन नै जोखिममा पर्नसक्ने जटिल विकल्प नरोज्न पनि आयोगले सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।

चिकित्सा शिक्षा सुधारको लागि नेपाल सरकारसँग विगतमा भएका सम्झौताहरुको कार्यान्वयनको माग गर्दै डा. गोविन्द केसी भदौ २९ गते जुम्लामा आमरण अनशन सुरु गरेका थिए । हाल उनी त्रिवि शिक्षण अस्पतालमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल भ्रमणमा रहेका कतारका अमिर शेख

इजरायली आक्रमणमा मृत्यु भएकी महिलाको गर्भबाट निकालियो जिवितै शिशु, राखियो आमाकै नाम ‘सबरीन’

बच्चा जन्मिनुअघि नै सबरीनको मृत्यु भयो । ती प्यालेस्टिनी युवती साढे सात महिनाकी

नेपाललाई मेडिकल शिक्षाको ‘हब’का रूपमा विकास गर्ने सरकारको तयारी

  काठमाडौँ ।   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वास्थ्य क्षेत्रमा नयाँनयाँ चुनौतीहरू देखापरिरहेकाले

शिक्षकलाई दलीय राजनीतिमा प्रयोग गर्नु शिक्षकको गरिमाको दुरूपयोग हो

सुमना श्रेष्ठ । साथीहरू पनि दलीय शिक्षक संगठन र शिक्षकहरू राजनीतिक दलमा रहने