थप १०३९ जनामा कोरोना संक्रमण, १,१७३ जना डिस्चार्ज



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १०३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १०३९ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा ४८३, भक्तपुुरमा ८१ र ललितपुरमा थप ३३ जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा ९,१६५ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा ६,५३६ जना रहेका छन् । आइसोलेसनमा १५,११७ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ । आइतबार थप १,१७३ जना डिस्चार्ज भएका छन् ।

योसँगै डिस्चार्ज हुनेको संख्या ३८,६०० पुगेको छ । आइसियूमा १६९ र भेन्टिलेटरमा २३ जनाको उपचार भइरहेको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा तीन महिला र ६ पुरुष छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४५ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
किन चाहियो प्रदेशमा लोकसेवा ?

काठमाडौं । लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले सरकारले मागेको कर्मचारी व्यवस्थापन गर्न आयोग

लुम्बिनी न्यारोबडी विमानलाई मर्मत गर्न भारत पठाउने निगमको तयारी

काठमाडौं । नेपाल वायुसेवा निगमले आफ्ना विमानहरूको उडानसम्बन्धमा आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको

विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा देउवा र कोइराला पक्षका नेविसंघका कार्यकर्ताबीच झडप

विराटनगर ।  नेपाल विद्यार्थी संघ मोरङमा दुई पक्षबीच कुटाकुट भएको छ। बिहीबार स्वतन्त्र

सबै नेपालीलाई नागरिक बीमामा जोड्नु पर्छः स्वास्थ्यमन्त्री पौडेल

ललितपुर ।  स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सबै नेपाली नागरिकलाई अनिवार्य बिमामा जोड्नुपर्ने