थप १,२०१ जनामा कोरोना संक्रमण, ८५२ जना डिस्चार्ज
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १२०१ जनामा संक्रमण पुष्टि भएको हो ।
काठमाडौंमा ३७७, भक्तपुरमा १७ र ललितपुरमा थप ३७ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर १०१७६ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा ६३५४ जना रहेका छन् । आइसोलेसनमा १५,२६० जना सक्रिय संक्रमित रहेका छन् । शनिबार थप ८५२ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ३७,५२४ पुगेको मन्त्रालयले जनाएको छ । आइसियूमा १६० र भेन्टिलेटरमा २४ जनाको उपचार भइरहेको छ ।
यसैबीच, कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यु भएको छ । काठमाडौं, भक्तपुर, सुनसरी, पर्सा, स्याङ्जा, गोरखा, कास्की, रुपन्देही, तनहुँ र सुनसरीमा गरी १४ जनाको मृत्यु भएको हो । योसँगै मृत्यु हुनेको संख्या ३३६ पुगेको छ ।