उपत्यकामा ४२९ सहित थप १२२१ जनामा कोरोना संक्रमण



काठमाडौं । नेपालमा आइतबार थप १२२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा ३४८ महिला र ८७३ पुरुष गरि थप १२२१ जनामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । आइतबार उपत्यकामा थप ४२९ जनामा कोरोना पुष्टि भएको छ ।

हाल सक्रिय संक्रमितको संख्या १७,५१८ जना रहेका छन् । आइतबार २६७ जना डिष्चार्ज भएका छन् भने हालसम्म २०,८२२ जना निको भएर डिष्चार्ज भएका छन् । त्यस्तै नेपालमा थप १४ जनाको मृत्यु भएको छ । मन्त्रालयका प्रवक्ता गौतमका अनुसार सुनसरी, बारा, महोत्तरी र काठमाडौंका एक–एक जना महिलाको मृत्यु भएको छ ।

त्यस्तै महोत्तरी र रुपन्देहीका दुई–दुई पुरुषको मृत्यु भएको छ । त्यसैगरि सुनसरी, मोरङ, रौतहट, ललितपुर,भक्तपुर, नवलपरासीका एक–एक पुरुषको मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए । योसंगै नेपालमा कोरोनका कारण मृत्यु हुनेको संख्या २२१ पुगेको छ । हाल क्वारेन्टाइनमा ७७९७ जना रहेका छन् । संस्थागत आइशोलेशनमा १०,६१२ जना र होम आइशोलेशनमा ६,९०६ जना रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली चिया निर्यातमा भारतले लगायो रोक

  झापा ।  भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको

चार लाख धरौटी बुझाउन नसकेपछि दीपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा चार लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि पूर्वउपराष्ट्रपति

नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर, आठ जनालाई सफाइ

काठमाडौं । नेशनल पेमेन्ट गेटवे प्रकरणमा विशेष अदालतले सुनिल पौडेललाई दोषी ठहर गरेको

कांग्रेसले भन्यो-गण्डकी र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुखबाट गरिएका निर्णय र क्रियाकलाप घोर आपत्तिजनक

काठमाडौं । नेपाली कांग्रेसले प्रदेश सरकार गठन गर्ने क्रममा गण्डकी र सुदूर पश्चिमका