‘भ्रष्ट, विचौलिया प्रवृत्ति र भागवण्डाको घिनलाग्दो चरित्रको पर्दाफास गरौं’



काठमाडौं । हाम्रो नेपाल सुशासन अभियानले संवैधानिक नियुक्तिमा भागवण्डाको गर्ने प्रवृत्तिको भण्डाफोर गर्न आग्रह गरेको छ ।

अभियानका तर्फबाट रमेश खरेलले अपील गर्दै देश कोरोना महामारीबाट आक्रान्त भइरहेका बेला संवैधानिक नियुक्तिमा राजनीतिको गन्दा, भद्दा स्वार्थी , भ्रष्ट र अकर्मण्य खेल र क्रियाकलाप भइरहेको भन्दै भण्डाफोर गर्न आग्रह गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘अहिले फेरि संवैधानिक अंगहरुमा नियुक्तिका लागि भागवण्डा गर्दै राजनीतिका अंशियार र गुठीयारहरुको चलखेल वढेको र नियुक्त हुने पदाधिकारीका नाम नामेसी पनि सार्वजनिक हुँदैछन् । मुख्य रुपमा अख्तियारमा सबैको ध्यान केन्द्रित छ । राजनीतिका गुठियारहरुले आआफ्ना गुठी मजवुत वनाउँदै स्वार्थहरु पुरा गर्न र आफ्ना कर्तुक लुकाउन तथा अरुलाई बदला लिन सहायक हुने गरी व्यक्ति छानी नियुक्त गर्ने प्रवृत्ति हावी हुन जाने अवस्था देखिदैछ । यसबाट संवैधानिक निकायहरुको प्रयोजन निस्तेज हुने, भ्रष्ट , स्वार्थी र विचौलिया प्रवृत्ति हावी भै राष्ट्र झन्झन् विकराल अवस्थामा जाने हुन्छ । यसर्थ, यसबाट जोगाउन सवै चेतनशील नागरिक, प्रवुद्ध वर्ग, अभियन्ताहरुले समेत सचेत भै आवाज उठाउनु पर्ने अवस्था छ ।’

हाम्रो नेपाल सुशासन अभियानको विज्ञप्ति
सन्दर्भः संवैधानिक नियुक्तिमा भागबण्डा कु प्रवृत्तिको विरोध गरौं र एकजुट भै भण्डाफोर गरौ !
आज देश कोरोना महामारीबाट मात्र होइन, राजनीतिको गन्दा , भद्दा स्वार्थी , भ्रष्ट र अकर्मन्य खेल र क्रियाकलापवाट आक्रान्त भैरहेको छ । उज्यालो भन्दा अँध्यारो, सुगम भन्दा दुर्गम, उत्पादक भन्दा प्रत्युत्पादक र सदाचारी भन्दा भ्रष्टाचारी दिशा र प्रवृत्ति उन्मुख छ । आजको राजनीति र यसका संचालकहरु ! न्यायलय, संवैधानिक निकाय , निजामती, प्रहरी र विचौलीयाहरुको जत्था जताततै छ । यस्तो अवस्थामा हामी सुशासनको कुरा गरि रहेका छौं , सदाचारको कुरा गरिरहेका छौं ।

हाम्रा आवाजहरु झिना र निम्सरा देखिएका छन् यी प्रवृत्तिको विगविगीका अगाडि । हालै मात्र हाम्रो अभियानले न्यायालयमा भएका विकृति र विसंगतीहरु घटाउँदै र हटाउनका लागि केही सुझाव तथा अवधारणा राखेका थियौं । अहिले फेरि संवैधानिक अंगहरुमा नियुक्तिका लागि भागवण्डा गर्दै राजनीतिका अंशियार र गुठीयारहरुको चलखेल वढेको र नियुक्त हुने पदाधिकारीका नाम नामेसी पनि सार्वजनिक हुँदैछन् । मुख्य रुपमा अख्तियारमा सबैको ध्यान केन्द्रित छ ।

राजनीतिका गुठियारहरुले आआफ्ना गुठी मजवुत वनाउँदै स्वार्थहरु पुरा गर्न र आफ्ना कर्तुक लुकाउन तथा अरुलाई बदला लिन सहायक हुने गरी व्यक्ति छानी नियुक्त गर्ने प्रवृत्ति हावी हुन जाने अवस्था देखिदैछ । यसबाट संवैधानिक निकायहरुको प्रयोजन निस्तेज हुने, भ्रष्ट , स्वार्थी र विचौलिया प्रवृत्ति हावी भै राष्ट्र झन्झन् विकराल अवस्थामा जाने हुन्छ । यसर्थ, यसबाट जोगाउन सवै चेतनशील नागरिक, प्रवुद्ध वर्ग , अभियन्ताहरुले समेत सचेत भै आवाज उठाउनु पर्ने अवस्था छ ।

आआफ्ना नजिकका र भनेको मान्ने व्यक्ति नियुक्त गर्ने परिपाटीको अन्त्यका लागि राजनीतिक गुटमा नलागेका, विशुद्ध व्यवसायिक निर्णय क्षमता भएका, निडर र आत्मस्वाभिमान चरित्रवाट विचलित नहुने व्यक्तिहरुको खोजी र पहिचान हुनुपर्छ । यसका लागि सबै तिरबाट दबाब सिर्जना गरौं । यो भागबण्डा संस्कार र प्रवृत्तिको अन्त्यका लागि व्यवसायिक र स्वाभीमानी व्यक्तिहरुले आवाज उठाउँ, नेपाली जनतालाई चेतनशील वनाउँ ! स्वार्थी, भ्रष्ट र विचौलिया प्रवृत्ति र भागवण्डाको यो घिनलाग्दो चरित्रको पर्दाफास गरौ , सबै एकजुट बनौ !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन

  काठमाडौँ ।  दिनको पहिलो प्रहर सुरु भइसकेको थिएन । नेपालगञ्जको सिद्धार्थ होटलमा

प्रशासनद्वारा मोरङमा सभा, सम्मेलन र भेला गर्न रोक

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लामा राजनीति सभा, सम्मेलन तथा भोलामा गर्न

राष्ट्रियसभा सदस्यमा अञ्जान शाक्य मनोनीत

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले डा. अञ्जान शाक्यलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गरेका

लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराद्वारा ६ जना विनाविभागीय मन्त्री नियुक्त

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रिपरिषद विस्तार गरेका छन् । मुख्यमन्त्री