कम्युनिष्टका नाममा दृष्टिकोणविहीन मान्छे नेता बनेको देख्दा दिक्क लाग्छ



लेखनाथ न्यौपाने ।

असाध्यै धेरै दुख गरेर पनि नेपाली कम्युनिस्ट आन्दोलनले गन्तव्य पहिल्याउन नसक्नु वा गन्तव्यमा पुग्न नसक्नुको एउटै कारण दृष्टिकोणमा स्पष्टता नभएर नै हो । आजको सत्ताधारी नेकपाभित्रको विवाद यसैको एउटा पछिल्लो कडी हो, जहाँ वर्ग, वर्ग अन्तर विरोध, वर्ग पक्षधरता र वर्गीय मुक्तिको कुनै गुञ्जायस देखिदैन । दृष्टिकोणको मामलामा पछिल्लो पुस्ताको के कुरा गर्ने, नेपाली कम्युनिस्ट आन्दोलनको पहिलो पुस्ता समेत दृष्टिकोणको सवालमा उस्तै देखिन्छ, जस्तो आजको नेकपा (नेकपा) छ । पहिलो पुस्ताले निकै बढी दुख, कष्ट र अभावको सामना गर्यो र आन्दोलनमा लाग्यो साथै मात्रात्मक हिसाबले पहिलो पुस्ताका कम्युनिस्टहरुको अध्ययन पनि राम्रै देखिन्छ तर त्यो पुस्ता दृष्टिकोणमा अल्मलिएकै देखिन्छ, परिणाम न गन्तव्य, न त सग्लो पार्टी नै बनाउन सके ।

पहिलो पुस्ताका कम्युनिस्ट पढ्दै जाँदा उनीहरुले गरेको दुखको मात्राले अविचलित बनाउँछ नै तर दृष्टिकोणको कोणबाट हेर्दा निराश बनाउने अनुभूति हुन्छ । प्रतिनिधिमूलक उदाहरण तेस्रो महाधिवेसनबाट निर्वाचित नेकपाका महासचिव तुलसीलाल अमात्यको ‘संस्मरणका पानाहरु’ नामक पुस्तकबाट थाहा हुन्छ कि उनले पार्टीका लागि यति धेरै दुख गरेका र अभाव भोगेका छन् कि त्यो पढ्दा आङ जिरिङ्ग२ हुन्छ । तर दृष्टिकोण भने निकै कमजोर देखिन्छ । यसको गज्जबको उदाहरण पुस्तकको पृष्ठ ११९ देखि १२७ सम्म हो जहाँ महादेव र कृष्णहरुको महिमागान गरिएको छ ।

उनी लेख्छन्, ‘महादेवका आमाबाबु अथवा जातपात, कुल कुनै कुराको पत्तो थिएन । सम्पत्ति हेर्ने हो भने महादेवको एउटै झोली थियो । गहना त परै रहोस्, लुगा पनि थिएन र हात्ती र बाघको छालाले बेरेर हिंड्थे ।’ उनी अगाडि लेख्छन्, ‘साँच्चै भन्ने हो भने श्रीकृष्ण स्वयम् साम्यवादी विचारका एक महान् व्यक्तित्व हुन् । उनका नजरमा सबै मानिस बराबर हुन्…….।’
यस्ता कुरा पढ्दा र कम्युनिस्टका नाममा दृष्टिकोण विहिन मान्छे नेता बनेको देख्दा दिक्क लागेर आउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनले नेपालमा सञ्चालन हुने सहायता परियोजनासम्बन्धी समन्वय संयन्त्र गठन गर्ने

काठमाडौँ । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि प्राप्त हुने

दलहरूले शिक्षकलाई संगठन बनाउन लगाउने काम शिक्षा प्रणालीलाई ध्वस्त पार्ने अत्यन्तै गैरजिम्मेवार काम थियो

डा. सूर्यराज आचार्य । दलको संगठन मजबुत बनाउने तथा निर्वाचनमा आफ्नो पक्षमा मत

कर्णाली प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदैछन् । गत

इलाम र बझाङमा उपनिर्वाचनको मौन अवधि सुरु, प्रचारप्रसार गर्न निषेध

काठमाडौं । १५ वैशाखमा हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ र