अध्यागमन विभागको अत्यावश्यक बाहेकका सेवा बन्द



काठमाडौं । अध्यागमन विभागका एक कर्मचारीमा कोरोना भाइरस पोजेटिभ देखिएपछि विभागको आपतकालीन बाहेकका सबै सेवा बन्द गरिएको छ । विभागका निर्देशक रामचन्द्र तिवारीका अनुसार विभागका ५७ जना कर्मचारीको पीसीआर परीक्षण गरिएकोमा ५६ जनाको कोरोनो नेटेटिभ र एक जनामा पोजेटिभ आएको छ । विभागले प्रवेशाज्ञा ‘भिसा’ सेवा केही समयको लागि बन्द गरेको छ ।

कोरोना पोजेटिभ देखिएका कर्मचारीलाई आइसोलेसनमा पठाइएको र उनीसँग सम्पर्कमा रहेर काम गरेका कर्मचारीलाई पनि होम आइसोलनमा राखिएको निर्देशक तिवारीले बताए ।

विभागको केन्द्रीय कार्यालयको सेवा बन्द भएपनि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित अध्यागमन विभागको काम भने नियमित सञ्चालनमा रहेको छ । अध्यागमन कार्यालय, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत गौलोचन सैँजुले विमानस्थलको अध्यागमन सेवा समान्वयरुपमा सञ्चालन भइरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सेटिङमा जब बजेट बन्छ, मन पोल्छः अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले कहिल्यै पनि नातावाद र

तस्वीरमा हेर्नुस् मल्लकालीन भैरव नाच

भक्तपुर । पैँतालिस वर्षसम्म बन्द भएर लोपोन्मुख अवस्थामा पुगेपछि स्थानीयवासीको पहलमा सुरु भएको

चोर, फटाहा र भ्रष्टलाई आफू भोटहाल्ने अनि स्वच्छ राजनीति खोज्ने उल्लू हामी कि नेता ?

केशवप्रसाद भट्टराई । चुनावमा असल र इमान्दार मानिस चुन्न हामी पनि त असल

पार्टीका नेताहरु एकले अर्कोलाई खुट्टा तानातान गरिरहेकाले मिलाउनु चुनौतिपूर्णः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र नेताहरुलाई मिलाउनु आफ्ना