‘राम’ नामलाई भूगोलकाे बन्दी बनाएर राजनीति गर्नेहरु अमानवीय प्रवृतिका दानव हुन्’



भरत दाहाल ।

१ पटक बोले ‘व्यक्तिको नाम’, २ पटक बोले हार्दिक ‘अभिवादन’, ३ पटक बोले ‘समवेदना’ । याे शब्द सास्वत चिन्तनकाे नाम हाे, मानिसलाइ आदर्शमा डाेर्याउन टिपिएकाे बिम्ब हाे । ‘राम’ नामलाई भूगोलकाे बन्दी बनाएर राजनीति गर्नेहरु अमानवीय प्रवृतिका दानव हुन् ।

राम भनेको ‘शिव’ जस्तै एउटा सास्वत चिन्तनलाई दिईएको नाम हो, न कि कुनै पुरुष। राम एउटा आदर्श मानिस निर्माणका लागि टिपिएको बिम्ब हो, न कि कुनै अमूक भूगोलको राजा। यही कारणले चीन, जापान, कम्बोडीया, भियतनाम, फिलिपिन्स, थाईलैंड, ईण्डोनेशिया, नेपाल, ईण्डिया, श्रीलंका सबैतिर ‘राम’ नाम छ। ‘राम’को जन्मको भूगोल नभेटिनु र रामायणका विषयवस्तुहरु भिन्नभिन्न परिवेश अनुसार फरक हुनुको कारण पनि यही हो।

राम एउटै अर्थ दिने बिम्ब हो तर स्वार्थी तत्वहरुले सो नामलाई अवतारमा ढालेर पचासौं सम्प्रदाय बनाए। गौतम बुद्ध र उनीभित्रको बुद्धत्व एउटै थियो तर स्वार्थी तत्वहरुले उनलाई आधा दर्जन सम्प्रदायको पेवा बनाए। येशुको नाम अहिले साम्राज्यवाद, खरिदबिक्रि, घृणा र हिंसाको पर्याय बनेको छ। कुनै पवित्र बिम्ब वा व्यक्तिका नाममा जब संगठनहरु बन्न थाल्छन् र तिनका नाममा सम्प्रदायहरु निर्माण हुन्छन्, त्यसै बेलादेसख मानवताको पतन सुरू हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लगानी सम्मेलनमा प्रदेशस्तरीय योजनाहरु पनि ‘सोकेस’ मा राखिने

  काठमाडौँ । आगामी वैशाख १६ र १७ गते काठमाडौँमा आयोजना हुन लागेको

सहकारीका समस्या समाधान गर्न कठोर कदम चाल्नुपर्छः मन्त्री अधिकारी

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीको नियमन सुपरीवेक्षण

आयरल्यान्डद्वारा नेपाल ए लाई २२३ रनको लक्ष्य

काठमाडौं । आयरल्यान्ड ए विरुद्धको तीन खेलको टी२० सिरिजको पहिलो खेलमा नेपाल ए

गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दायित्व थपियो : प्रधानमन्त्री

हेटौँडा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्झौताअनुरूप गुणस्तरको काम नहुँदा राज्यमाथि अतिरिक्त दायित्व