राष्ट्रपतिले आज संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरुसँग छलफल गर्ने



काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई आज साँझ छलफलका लागि शीतल निवास बोलाएकी छन् । राष्ट्रपति भण्डारीले समसामयिक विषयमा छलफल गर्न उपराष्ट्रपति, प्रधानमन्त्री, संघीय ससद्का सभामुख, राष्ट्रिय सभाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्रीलगायतलाई बोलाएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिएका छन् ।

मुलुकमा पछिल्लो समयमा विकासित घटनाक्रम, कोरोना महामारी र लकडाउनलगायतका समसामयिक विषयहरुमा छलफल गर्नका लागि आज साँझ ५ बजेका लागि विभिन्न राजनीतिक दल र तिनका प्रतिनिधिलाई बोलाइएको हो । त्यसक्रममा राष्ट्रपतिले अंगीकृत नागरिकता विधेयक, एमसीसीलगायतका विषयमा नेताहरुसँग छलफल गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आसन्न महाधिवेशन कम्युनिष्ट आन्दोलनको ऐतिहासिक उपलब्धि होः पूर्वप्रधानमन्त्री खनाल

    काठमाडौँ ।  नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टीको

नेपाल र कतारबीच विभिन्न सम्झौता र समझदारीमा हस्ताक्षर

काठमाडौँ । नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यका विषयका समझदारीमा हस्ताक्षर भएको

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल भ्रमणमा रहेका कतारका अमिर शेख

इजरायली आक्रमणमा मृत्यु भएकी महिलाको गर्भबाट निकालियो जिवितै शिशु, राखियो आमाकै नाम ‘सबरीन’

बच्चा जन्मिनुअघि नै सबरीनको मृत्यु भयो । ती प्यालेस्टिनी युवती साढे सात महिनाकी