भारतलाई भूल सच्याउन शर्माको आग्रह



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी राष्ट्रिय सभाका सांसद दीनानाथ शर्माले भारतले लिम्पियाधुरा, लिपुलेक र कालापानी तत्काल फिर्ता गर्नुपर्ने बताएका छन् । बिहीबारको राष्ट्रिय सभाको बैठकमा संविधान संशोधन विधेयक माथिको छलफलका क्रममा शर्माले भारतले तत्काल नेपालको भूमि फिर्ता गर्नुपर्ने बताएका हुन् ।

उनले भारत नेपालको असल मित्र भएको र भारतले पनि नेपाललाई असल मित्र मानेको छ भने अंग्रेजले नेपालबाट लुटेको भूभाग समेत फिर्ता दिनुपर्ने बताए । शर्माले नेपालीहरुको सदासयता, मित्रता र आत्मियताले कालापानी लगायतका उत्तरी सीमामा भारतीय चेकपोस्ट राख्न दिइएको तर अहिले त्यही भूमिलाई आफ्नो बनाउन खोजेको बताए ।

शर्माले महाकालीको मुहान कुन हो भन्नेमा भारतीय पक्षलाई भ्रम भए अन्तर्राष्ट्रिय जलविज्ञलाई बोलाएर टुंगो लगाउनुपर्ने बताए । लिम्पियाधुराबाट बग्ने नदी नै महाकाली रहेको र भारतले नेपालको भूमि मिचेको भनेर भारतीय विज्ञहरूले पनि बताइरहेका बेलामा भारत शासक र सेनाले कब्जा जमाउन नहुने उनले बताए ।

उनले भने, ‘ भारतीय विज्ञहरुनै नेपाललाई फिर्ता गर्न सकिन्छ भनिरहेका छन् । महाकाली नदी कुन हो भन्ने विवाद भएमा अन्तर्राष्ट्रिय जलविज्ञलाई बोलाएर भएपनि टुंगो लगाउनुपर्छ ।’ शर्माले नेपालले अंग्रेजले लुटेको भूमि फिर्ता मागेको नभई सुगौली सन्धिअनुसार महाकाली पश्चिम नआउन भनेर भारतलाई भनेको बताए । उनले भारत सरकार भूलमा परेको भए वा सेना भूलवश त्यहाँ रहेको भए त्यसलाई सच्याउन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली चिया निर्यातमा भारतले लगायो रोक

  झापा ।  भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको

चार लाख धरौटी बुझाउन नसकेपछि दीपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा चार लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि पूर्वउपराष्ट्रपति

एमालेको प्रतिनिधि परिषद बैठकमा देउवा र प्रचण्डले पनि सम्बोधन गर्ने

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा उत्पन्न भएको निराशालाई तोड्नका लागि

नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर, आठ जनालाई सफाइ

काठमाडौं । नेशनल पेमेन्ट गेटवे प्रकरणमा विशेष अदालतले सुनिल पौडेललाई दोषी ठहर गरेको