चिनियाँ सेनासँगको भिडन्तमा मृत्यु हुने भारतीय सैनिकको संख्या २० पुग्यो



भारतीय र चिनियाँ सैनिकबीच लद्दाखको विकट गलवान उपत्यकामा भएको झडपमा कम्तीमा २० भारतीय सैनिकको मृत्यु भएको छ । बीबीसीका अनुसार दुई देशका सैनिकबीच भएको झडपमा परी कम्तीमा २० भारतीय सैनिकको मृत्यु भएको छ । मंगलबार दिउँसो झडपमा तीन भारतीय सैनिकको मृत्यु भएको समाचार सार्वजनिक भएको थियो ।

तर भारतीय संचारमाध्यमले भने चिनियाँ सेनातर्फ पनि ठूलो क्षति भएको दाबी गरेका छन् । उनीहरुले झडपमा ४३ चिनियाँ सैनिकको मृत्यु भएको दाबी गरेका छन् । तर यसबारेमा चीनले केही बताएको छैन । भारत र चीनबीच सीमामा लामो समयदेखि तनाव हुँदै आएको भए पनि धेरैपछि सैनिकहरूको मृत्यु हुनेगरी सङ्घर्ष भएको हो । चीनले भारतलाई तनाव बढ्नेगरी कुनै काम नगर्न आह्वान गरेको समाचारसंस्था रोएटर्सले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अस्पताल परिसरमा इजरायली कारबाही, दुईसय जनाको मृत्यु

हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा रहेको सबैभन्दा ठूलो शिफा अस्पतालमा इजरायलले

रूसी सेनाको विमान क्रिमियाली क्षेत्रमा दुर्घटनाग्रस्त

रूसी सेनाको एउटा विमान क्रिमियाली प्रायद्वीपनजिकको समुद्रमा दुर्घटनाग्रस्त भएको युक्रेनको नियन्त्रणमा रहेको क्रिमियाली

त्रिविको उत्तरपुस्तिका हराएको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न तीन सदस्यीय उच्चस्तरीय समिति

एमाले र कांग्रेसको समीकरण बन्न सक्दैनः अध्यक्ष ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले बनेको सत्ता समीकरण स्वार्थसिद्धिका