सीमा समस्या समाधान गर्न ओलीले क्षमता र जिम्मेवारी प्रस्तुत गर्नुपर्छः बाबुराम भट्टराई



गोरखा । पूर्वप्रधानमन्त्री डा.बावुराम भट्टराईले नेपाल भारत सीमा समस्या प्रवुद्ध बर्गहरुको समूह (ईपिजी)ले तयार पारेको प्रतिवेदनको आधारमा दिर्घकालीन समाधान हुने बताएका छन् । गृह जिल्ला गोरखा आएका भट्टराईले सोमबार बिहान पत्रकारहरुसँगको भेटमा आफू प्रधानमन्त्री भएको बेला गठन भएको ईपिजी र त्यसले तयार पारको प्रतिवेदन दुवै देशले ग्रहण गर्ने, सार्वजनिक गर्ने र त्यसैको आधारमा समस्या समाधान गरे त्यो नै दीर्घकालीन समाधान हुने बताएका हुन् ।

भट्टराईले १९५० को सन्धी, सीमा समस्या, पारवहन समस्या, बाणिज्य सम्वन्धी बिषय एकमुष्ठ ढंगले हल गर्न पनि ईपिको प्रतिवेदनले सम्भव हुने बताए । उनले भारत र नेपालका जनताबीच कहिल्यै दुश्मनी नरहेको तर सत्ता र सरकारको बीचमा मात्र दुश्मनी भएको भन्दै अब दुबै देशका जनताले आवाज उठाउने बेला आएको बताए । ‘नेपालका प्रधानमन्त्री केपी शर्मा ओली अथवा भारतीय प्रधानमन्त्री नरेन्द्र मोजीजीको अहम् हो वा के कारणले गर्दा हो यसलाई जुन ढंगले ग्रहण गरि रहनु भएको छैन, जारी गरिहनु भएको छैन’ भन्दै ‘यसलाई दुवै देशका नागरिकले आवाज उठाउनुपर्ने बेला आएको’ बताए ।

उनले कालापानी, लिम्पियाधुरा र लिपुलेक हाम्रै भएको भन्दै कसैले खोसेर लान नसक्ने बताए । उनले नेपालका सबै राजनीतिक दलहरुले सर्वसम्मतिले सुगौली सन्धीले निर्धारण गरेको गुमेको भू–भाग सहितको नेपालको नयाँ नक्सा जारी भएकोमा सकारात्मक सन्देश दिएको भन्दै यसमा आफूलाई गर्व लागेको बताए । नेपालको गुमेको भू–भागको भोगाधिकार मुख्य बिषय भएको भन्दै भट्टराईले सरकारको नेतृत्व गर्नेले जिम्मेवारीपूर्वक ढंगले राजनीतिक र कुटनैतिक वार्तामार्फत नै समस्याको समाधान गर्न पनि सुझाव दिएका छन् ।

उनले भने, ‘भोगाधिकार स्थापित गर्ने कुरा कि त फौजी ढंगले बल प्रयोग गरेर बाह्य सेनालाई निस्कासित गर्ने हो र आफ्नो भोगाधिकार स्थापित गर्ने एउटा बाटो हो । यो कुरा नेपालको सन्दर्भमा व्यवहारिक हुँदैन भन्ने मेरो व्यक्तिगत विचार हो । अहिलेको विश्वमा उपयुक्त पनि होइन । ‘त्यसको निम्ति हाम्रो सरकार र सरकार प्रमुख केपी शर्मा ओलीले क्षमता र जिम्मेवारी प्रस्तुत गर्नुपर्ने बेला आएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । संघीय

आगलागीबाट यसरी सखाप भयो महोत्तरीको मटिहानीको एक बस्ती(फोटोफिचर)

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिका– ६ स्थित जरलहवा बस्तीमा भीषण आगलागी भएको छ।

कति उपलब्धिमुलक रह्यो कतारका अमिरको नेपाल भ्रमण ?

काठमाडौं । कतारका अमिर शेख तमिम विन हमाद अल थानीले यही वैशाख ११

कर्णाली प्रदेशमा माओवादीका रणसिंह परियार मन्त्री नियुक्त

कर्णाली । कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रका रणसिंह परियार विनाविभागीय मन्त्री नियुक्त भएका