मन्त्रिपरिषदद्वारा लकडाउनको आगामी कार्ययोजना बनाउने जिम्मा उच्चस्तरीय समितिलाई



काठमाडौं । मन्त्रिपरिषद् बैठकले लकडाउनलाई खुकुलो बनाउने विषयमा कार्ययोजना बनाउन उच्चस्तरीय समितिलाई जिम्मेवारी दिएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार भएको बैठकमा लकडाउन खुकुलो बनाउने विषयमा छलफल भएपनि ठोस निर्णय भने भैनसकेको बताइएको छ ।

लकडाउन खुकुलो कसरी गर्ने भन्ने विषयमा कार्ययोजना बनाउन उच्चस्तरीय समितिलाई जिम्मेवारी दिइएको एक मन्त्रीले जानकारी दिएका छन् । समितिले बनाएको कार्ययोजनाका आधारमा मन्त्रिपरिषद्ले थप निर्णय गर्ने जनाइएको छ । सरकारले पछिल्लो पटक लम्ब्याएको लकडाउनको अवधि आगामी जेठ ३२ गतेसम्म छ ।

शुरुमा एक साताका लागि भनेर चैत ११ मा घोषणा गरिएको बन्दाबन्दी त्यसयता लगातार कायम राख्दा सर्वसाधारणको जनजीवन कष्टकर हुन थालेको छ । यसले बन्दाबन्दीको स्वरुप्प परिवर्तन गर्न सरकारमाथि चौतर्फी दबाब बढेको छ । सरकारले लकडाउनको स्वरुप परिवर्तन नगरेको भन्दै व्यवसायीले बिहीबारदेखि बजार पसल खोल्न थालिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली चिया निर्यातमा भारतले लगायो रोक

  झापा ।  भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको

चार लाख धरौटी बुझाउन नसकेपछि दीपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा चार लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि पूर्वउपराष्ट्रपति

एमालेको प्रतिनिधि परिषद बैठकमा देउवा र प्रचण्डले पनि सम्बोधन गर्ने

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा उत्पन्न भएको निराशालाई तोड्नका लागि

नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर, आठ जनालाई सफाइ

काठमाडौं । नेशनल पेमेन्ट गेटवे प्रकरणमा विशेष अदालतले सुनिल पौडेललाई दोषी ठहर गरेको