‘भोकले मर्नुपर्दैन रे ! सूर्यबहादुर तामाङहरु किन मर्दैछन् थाहा छ सरकारलाई ?’



काठमाडौं । राजपाका सांसद राजेन्द्र महतोले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट आमजनताको पक्षमा नभएको र सत्तारुढ दलको स्वार्थसिद्ध गर्न मात्रै केन्द्रित भएको आरोप लगाएका छन् । आइतबार आगामी आर्थिक वर्षको बजेट राजश्व र व्ययको अनुमान माथिको छलफलमा भाग लिँदै महतोले कोरोनाका कारण समस्यामा परेका नागरिकलाई राहत दिन बजेटले कुनै सम्बोधन नगरेको, गरिब तथा गरिखाने वर्गको पक्षमा कार्यक्रम नआएकोमा रोष प्रकट गरे ।

उनले मुलुक सङ्घीयतामा गएको भन्ने तथ्यसमेत सरकारले बिर्सेको र स्रोत तथा साधनको वितरणमा समेत विभेद गरिएको बताए । लोकतन्त्रमा राज्य र नागरिक बीच राजनीतिक रुपमा सम्बद्धता, बफादारी, मालकियत, सहभागिता र सम्मान जस्ता आयाम हुने भन्दै महतोले नागरिकले राज्यबाट सम्मान नपाएको बताए ।

उनले भने,‘ यहाँ बहुसंख्यक जनता, आदिवासी जनजाती, मधेसी, थारु, दलित पीडित भएर बस्नुपर्ने अनि यहाँका अल्पसंख्यक शासक भएर हामीलाई दान दिनुपर्ने । यो बजेट भनेको त्यही हो । के कमेण्ट गर्ने ? के विश्लेषण गर्ने ?’

उनले मान्छे भोकले मरिरहेका बेला सरकारले कोही भोकै मर्दैन भनेर कागजमा मात्रै नारा लगाईरहेको भन्दै आक्रोश व्यक्त गरे । उनले भने, ‘धादिङको सूर्यबहादुर तामाङ काठमाडौंको सडकमा किन मर्यो थाहा छ सरकारलाई ? यहाँ भाषण भईरहेको छ । कोही मर्न दिदैनौ रे । लाज हुँदैन ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पर्यटकीय क्षेत्रमा इन्द्रेणी पर्यटन आकर्षित गर्न सकिन्छः मन्त्री चौधरी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक

गगन थापाको प्रश्नः मेरो पार्टीका नेताले खराब काम गर्छ भने थुन्ने हो भन्ने हिम्मत रास्वपाले गर्छ ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गलत काम गर्ने जोसुकैलाई कानुनी दायरामा

यस्तो छ प्रतिनिधि परिषद्को बैठकमा प्रस्तुत ओलीको राजनीतिक प्रतिवेदन(पूर्णपाठ)

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई सफल बनाउन आफ्नो

सुनकोसी मरिण डाइभर्सनको सुरुङ छिचोल्न एक सय १० मिटर मात्र बाँकी, वैशाख २६ गते ‘ब्रेक थ्रु’ गरिने

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण