कोरोना संक्रमणबाट विश्वमा मृत्यु हुनेको संख्या तीन लाख ६१ हजार नाघ्यो



विश्वमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ लाख ६१ हजार नाघेको छ । पछिल्लो तत्थ्यांक अनुसार अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ३ हजार नाघेको छ । त्यस्तै संक्रमितको संख्या १७ लाख ६८ हजार पुगेको छ ।

त्यसैगरी बेलायतमा ३७ हजार ८ सय भन्दा बढीको मृत्यु भएको छ भने २ लाख ६९ हजार संक्रमित पुगेका छन् । इटालीमा ३३ हजार बढीको मृत्यु, फ्रान्समा मृत्यु हुनेको संख्या २८ हजार ६ सय नाघेको छ ।

रसियामा चार हजारको मृत्यु भएको छ भने ३ लाख ७९ हजार बढी संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा ब्राजिलमा २४ हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन् । यो सँगै ब्राजिलमा कोरोना संक्रमितको संख्या ४ लाख ३८ हजार नाघेको छ ।

ब्राजिलमा पछिल्लो २४ घण्टामा एक हजार भन्दा बढी संक्रमितको मृत्यु भएको छ । ब्राजिलमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या करिव २७ हजार पुगेको छ । भारतमा ४ हजार ७ सय भन्दा बढीको मृत्यु भएको छ भने कोरोना संक्रमितको संख्या १ लाख ६५ हजार नाघेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतको छत्तीसगढमा २९ माओवादी छापामारको मृत्यु

सुरक्षा फौजसँगको झडपमा परी कम्तीमा २९ जना माओवादी विद्रोहीको मृत्यु भएको प्रहरीले जनाएको

सुदूरपश्चिमका प्रदेश प्रमुखले राजनीतिक पूर्वाग्रह राखेर काम गरेको विपक्षी दलहरुको आरोप

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुुक्तिका लागि दाबी पेश गरेका नागरिक उन्मुक्ति पार्टीका

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए चौथो पटक विश्वासको मत

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले चौथो पटक विश्वासको मत पाएका छन्

अर्थमन्त्री, गृहमन्त्री र सरकार हाम्रै हो : अध्यक्ष ओली

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सानातिना घटनाले वर्तमान सत्ता समीकरणमा