कोरोनाको संक्रमणका कारण ब्रिटेनका प्रधानमन्त्री जोनसन अस्पताल भर्ना



ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसन कोरोनाभाइरसको सङ्क्रमण देखिएको १० दिनपछि अस्पताल भर्ना भएका छन् । आइतवार साँझ उनलाई कोरोनाको लक्षणहरू उस्तै देखिएको र तापक्रम पनि रहेकाले लन्डन अस्पतालमा पुर्याइएको हो । उनका चिकित्सकको सुझावपछि यो कदम सावधानीको रुपमा चालिएको बताइएको छ ।

सरकारको जिम्मेवारी प्रधानमन्त्रीले नै सम्हालिरहेका छन् तर सोमबार बिहान हुने कोरोनाभाइरससम्बन्धी बैठकको अध्यक्षता भने विदेशमन्त्रीले गर्ने छन् । उपचारका लागि अस्पताल पुगेका जोनसन रातभरि अस्पताल नै बस्ने ठानिएको छ। डाउनिङ्ग स्ट्रीटले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘चिकित्सकको सल्लाहमा प्रधानमन्त्री आज राती परीक्षणका लागि अस्पताल भर्ना हुनुभएको छ।’

प्रधानमन्त्री कार्यालयकी प्रवक्ताले थपिन्, ‘प्रधानमन्त्रीले राष्ट्रिय स्वास्थ्य सेवा एनएचएसका सबै कर्मचारीहरूलाई उनीहरूको कडा परिश्रमका लागि धन्यवाद दिएका छन् र सर्वसाधारणलाई घरभित्रै सुरक्षित बस्न सरकारले दिएको सुझाव मान्न पनि भनेका छन्।’

मार्च २७ तारिखमा उनलाई कोरोनाभाइरसको सङ्क्रमण भएको घोषणा भएयता जोनसनले निवासमै बसेर काम गर्दै आएका थिए । उनी पछिल्लो पटक बिहीवार डाउनिङ्ग स्ट्रीटको आफ्नो फ्ल्याटमा देखापरेका थिए ।

त्यतिबेला एनएचएस र त्यहाँका मुख्य कामदारको ताली बजाएर उनले प्रशंसा पनि गरे । उनले कोरोनाभाइरससम्बन्धी बैठकमा पनि घरमै बसेर सहभागिता जनाएका थिए । ुक्रवार ट्वीटरमा एउटा भिडिओ पोष्ट गर्दै उनले आफूमा अझै पनि सामान्य लक्षणमात्रै देखिएको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कानुनविपरीत व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ ।   गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र फिर्ता

तान्जानियामा बाढीमा परी कम्तीमा एकसय ५५ जनाको मृत्यु

तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी कम्तीमाा १५५ जनाको मृत्यु भएको छ । बर्षाका

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

  केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको स्तर आपतकालीन अवस्थाबाट

टोपबहादुर रायमाझीलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर