चिनियाँ कम्युनिस्ट पार्टीले अब छिट्टै कोरोना भाइरसविरुद्धको लडाइँमा विजय हासिल भएको घोषणा गर्ने



चीनमा कोरोनाभाइरसको सङ्कट नियन्त्रणमा आउन थालेका सङ्केत देखिन थालेको बेला चिनियाँ राष्ट्रपति सी जिनपिङले कोरोनाभाइरसको प्रकोप सुरु भएको मध्य चिनियाँ शहरको भ्रमण गरेका छन् । चीनको सरकारी सञ्चारमाध्यमले राष्ट्रपति सीले हुवे प्रान्तको वुहान नगरको एक अस्पताल भ्रमण गरेका जनाएको छ ।

त्यहाँ उनले स्वास्थ्यकर्मी र बिरामीसँग भिडिओमार्फत कुराकानी गरेको देखाइएको छ । चीनमा कोरोनाभाइरसका थप १९ वटा मात्र नयाँ सङ्क्रमण फेला परेको जनाइएको छ । अब हुवेको चियानजियाङ नगरमा मानिसहरूमाथि लगाइएका प्रतिबन्ध फुकुवा गर्न लागिएको घोषणा गरिएको छ । त्यहाँ जाँच चौकी हटाइने र सार्वजनिक यातायात फेरि सुरु गर्न लागिएको छ । राष्ट्रपति सीले सङ्कट सुरु भएपछि पहिलोपटक वुहानको भ्रमण गर्दै बेइजिङले कोरोनाभाइरस सङ्कटलाई नियन्त्रणमा लिन सफल भएको सङ्केत दिन खोजेका छन् ।

मूख्यभूमि चीनमा अहिलेसम्म ८० हजार भन्दा बढी मानिस कोरोनाभाइरस सङ्क्रमित भएका र ३१ सय भन्दा बढीको ज्यान गएको बताइएको छ । सञ्चारमाध्यमका अनुसार सी मङ्गलवार वुहान पुगेपछि त्यहाँको प्रकोप नियन्त्रणका कामको निरीक्षण गरेका छन् । प्रकोप सुरु भएयता वुहान र हुवे प्रान्तमा मानिसको आउजाउमा प्रतिबन्ध लगाइएको छ ।

उनले त्यहाँको एक समुदायलाई समेत भेटेको जनाइएको छ । ग्लोबल टाइम्स पत्रिकासँग कुरा गरेका विश्लेषकहरूले सीले “देश र समस्त विश्वलाई चीन प्रकोपको अध्यारो क्षणबाट बाहिर निस्कन सफल भएको बलियो सङ्केत दिएको“ बताएका छन् । राष्ट्रपति सीले दश दिनमा निर्माण पूरा भएको हुओशेशान अस्थायी अस्पतालको समेत भ्रमण गरेका छन् ।

सरकारी सञ्चार माध्यमहरूले चीनमा खोलिएका त्यस्ता अस्पतालमध्ये १४ वटा बन्द गरिएको पुष्टि गरेका छन् । रेन्मिन विश्वविद्यायका प्राध्यापक झाङ मिङले रोयटर्स समाचार संस्थालाई भने, “उनी अहिले त्यहाँ बाली भित्राउन गएका हुन्। उनी त्यहाँ पुग्नुको अर्थ के हो भने चिनियाँ कम्युनिस्ट पार्टीले अब छिट्टै भाइरसविरुद्धको लडाइँमा विजय हासिल भएको घोषणा गर्न सक्छ ।“

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला गरिने, तीन प्रकारका प्रवेश अनुमतिपत्रको व्यवस्था

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा यार्सागुम्बा सङ्कलन गर्न

बाइडनद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर

वासिङ्टनले केही घण्टाभित्रै किएभलाई नयाँ सहयोग पठाउन थाल्ने अमेरिकी राष्ट्रपति जो बाइडनले बताएका

महोत्तरीको मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रणमा

  जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा बुधबार दिउँसो लागेको आगो ६

घूस लिएको आरोपमा रूसी उपरक्षामन्त्री पक्राउ

रूसका दिवंगत विपक्षी नेता एलेक्सी नाभाल्नीको टोलीले गरेको अनुसन्धानले भ्रष्टाचार गरेको आरोप लगाएको