‘हामी शक्तिका पुजारी हौं’



भानुभक्त ढकाल ।
दान गर्न संकल्प चाहिन्छ । अरुलाई बचाउने भाव चाहिन्छ । दिएर रित्तिने अठोट चाहिन्छ । दिनुमा जीवनको सार्थकता स्वीकारिन्छ । त्यसैले दातालाई महान मानिन्छ । समाजले प्रसंसा दानवीरको गर्दछ । तिर्खाएकोलाई जल, भोकाएकोलाई अन्न, निर्बस्त्रलाई कपडा, आश्रयहीनलाई संरक्षण, बासस्थान नभएकोलाई घर आदि दिने दाता महान् हुन्छन् ।

अरुलाई बचाउन आफ्नो शरीरको अंगनै दान गर्ने मानिस झन् पुजनीय हुन्छन् । सनातन संस्कृतिमा सूर्य पुत्र कर्ण पूजनीय छन् । महाभारतकालीन कर्ण जस्तो दानवीर हुनु भनेर आशीर्वाद दिइन्छ । ईश्वरले मानिसलाई दुईवटा किड्नी उपहार दिनुभएको छ। कारण मानिस स्वस्थ रहन उसलाई दुईवटा किड्नीको आवश्यकता पर्दछ । जसरी देख्नको लागि दुई आँखाको जरुरत पर्दछ । हिँड्नको लागि दुई खुट्टाको भर पर्नुपर्ने हुन्छ । काम गर्नको लागि दुई हातको आवश्यकता पर्दछ ।

तर कसैसँग एउटा आँखा, एउटा खुट्टा, एउटा हात छ भनेपनि उसको जीवन चलिरहेको हुन्छ । मानौं उसको काम चलिरहेको हुन्छ । काम चल्नु र चाहिनु वा हुनुपर्ने कुरा फरक छ । कसैले एउटा किड्नीले आफ्नो काम चलाएर अर्को किड्नी बिरामीलाई बचाउन दान गर्दछ भने त्यो उसको महानता हो । यहाँ हाम्रा प्रधानमन्त्री केपी शर्मा ओलीलाई किड्नी दान गर्ने समीक्षा संग्रौलाको दानवीर स्वभावको प्रसंसा शब्दमा गर्नु कठीन छ ।

हामी शक्तिका पुजारी हौं । शक्ति पीठमा पूजा गर्ने हाम्रो सनातन संस्कृति हो । त्यसैले यहाँ दानवीर समीक्षा संग्रौला ओझेलमा परिन । सामाजिक सञ्जालले बिरामी प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गरिरहँदा प्रधानमन्त्रीलाई बचाउन आफू बिरामी बनेकी संग्रौलाको वास्ता गरेन । वा, उनी ओझेलमा परिन् । कारण उनी कुनै ठूलो पदमा नरहेकी सामान्य युवती थिइन् । यहाँ प्रधानमन्त्री ओलीसँगै ती महान् दाता समीक्षा संग्रौलाको स्वास्थ्य लाभको कामना गरियो ।
जय होस् मंगल होस् !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली चिया निर्यातमा भारतले लगायो रोक

  झापा ।  भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको

चार लाख धरौटी बुझाउन नसकेपछि दीपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा चार लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि पूर्वउपराष्ट्रपति

नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर, आठ जनालाई सफाइ

काठमाडौं । नेशनल पेमेन्ट गेटवे प्रकरणमा विशेष अदालतले सुनिल पौडेललाई दोषी ठहर गरेको

कांग्रेसले भन्यो-गण्डकी र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुखबाट गरिएका निर्णय र क्रियाकलाप घोर आपत्तिजनक

काठमाडौं । नेपाली कांग्रेसले प्रदेश सरकार गठन गर्ने क्रममा गण्डकी र सुदूर पश्चिमका