कोरोनाभाइरसका कारण अमेरिकामा पहिलो पटक एक जनाको मृत्यु



अमेरिकामा उत्तर पश्चिमी वाशिङटन राज्यमा कोरोनाभाइरसका कारण अमेरिकामै पहिलो मृत्यु भएको बताइएको छ। पहिले नै केही स्वास्थ्य समस्या रहेका ५० वर्षका  पुरुषको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

राष्ट्रपति डोनल्ड ट्रम्पले अरू पनि त्यस्ता सङ्क्रमितहरू ‘देखिन सक्ने’ भन्दै अमेरिका कुनै पनि परिस्थितिका लागि तयार रहेको बताए। अधिकारीहरूले अति प्रभावित इटली र दक्षिण कोरिया पछि इरानका लागि पनि यात्रा प्रतिबन्ध थप्न लागिएको जनाएका छन्।

संसारभर ८५ हजारमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भइसकेको र ३,००० जनाको मृत्यु भइसकेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ। कोरोना भाइरस पहिलोपटक देखा परेको चीनमा धेरैजसो सङ्क्रमण र मृत्यु हुनेको सङ्ख्या रहेको छ।

वाशिङटन राज्यको किङ काउन्टीमा पाँचको दशकका उमेर रहेका व्यक्तिको मृत्यु भएका स्थानीय स्वास्थ्य अधिकारीले शनिवार पुष्टि गरेका छन्। ती व्यक्तिले कुनै पनि उच्च खतरा भएको क्षेत्रमा यात्रा नगरेको उनीहरूले बताए।

वाशिङटन गभर्नर जे इन्सलीले नयाँ सङ्क्रमण सन्दर्भमा राज्यमा सङ्कटकाल घोषणा गरेका छ्न्। क्यालिफोर्निया ओरेगन र वाशिङटनका अधिकारीहरूले प्रकोप भएका क्षेत्रमा नगएका मानिसहरू वा सङ्क्रमण भएका सँग कुनै सम्पर्क नभएका मानिसहरूमा पनि सङ्क्रमण देखिन थालेको भन्दै चिन्ता जाहेर गरेका बेला यो मृत्यु भएको छ।

वाशिङटन राज्यका अधिकारीहरूले एउटा स्थानीय नर्सिङ होममा कोरोनाको सङ्क्रमण फैलिएको हुन सक्ने सम्भावनामाथि अनुसन्धान गरिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अस्पताल परिसरमा इजरायली कारबाही, दुईसय जनाको मृत्यु

हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा रहेको सबैभन्दा ठूलो शिफा अस्पतालमा इजरायलले

रूसी सेनाको विमान क्रिमियाली क्षेत्रमा दुर्घटनाग्रस्त

रूसी सेनाको एउटा विमान क्रिमियाली प्रायद्वीपनजिकको समुद्रमा दुर्घटनाग्रस्त भएको युक्रेनको नियन्त्रणमा रहेको क्रिमियाली

त्रिविको उत्तरपुस्तिका हराएको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न तीन सदस्यीय उच्चस्तरीय समिति

एमाले र कांग्रेसको समीकरण बन्न सक्दैनः अध्यक्ष ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले बनेको सत्ता समीकरण स्वार्थसिद्धिका