अमेरिकी राष्ट्रपति ट्रम्पको भारत भ्रमण, फोटोमा हेर्नुस्



अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारतको आफ्नो पहिलो औपचारिक भ्रमण गुजरात राज्यबाट आरम्भ गरेका छन। त्यहाँ उनको भव्य सार्वजनिक स्वागत गरिएको थियो।

विमानस्थलमा राष्ट्रपति ट्रम्पलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कसिलो अङ्कमाल गरेर स्वागत गरेका थिए। ती दुई नेताले महात्मा गान्धीले १३ वर्ष बिताएका सावरमती आश्रमको भ्रमण गरे।

राष्ट्रपति ट्रम्पको भ्रमण संसारका दुई सबैभन्दा ठूला प्रजातान्त्रिक देशबीचको सम्बन्धलाई अझ गहिरो बनाउनमा केन्द्रित हुने बताइएको छ। ट्रम्पलाई स्वागत गर्न गुजरातमा हजारौँ मानिसहरू सडकका दायाँबायाँ उभिएका दृश्य देखिएको थियो।  ट्रम्पले यात्रा गर्ने बाटोमा दुई नेताका तस्बिर सहितका ठूलाठूला होर्डिङ बोर्डहरू टाँगिएका छन्।

ठूलो तामझामका साथ भ्रमणको आयोजना भइरहेको भए पनि यो भ्रमणका क्रममा दुई देशबीचको व्यापार सहमति भने होला जस्तो देखिँदैन।

अमेरिका भारतको सबैभन्दा महत्त्वपूर्ण व्यापारिक साझेदार हो। सन् २०१८ मा द्विपक्षीय व्यापारको आकार १४२.६ अर्ब डलर थियो। अमेरिकाको भारतसँग २५.२ अर्ब डलरको वस्तु तथा सेवासँग सम्बन्धित व्यापारघाटा विद्यमान ‌थियो।

दुई देशबीच बढ्दो राजनीतिक तथा रणनीतिक निकटताका माझ व्यापारको विषयलाई लिएर भने दुई देशबीच तनावको स्थिति छ। राष्ट्रपति ट्रम्पले भारतले आयातमा लगाएको करलाई “अस्वीकार्य” भनेका छन् र उनले भारतलाई “कर लगाउनेहरूको राजा” समेत भनेका छन्।

सन् २०१९ मा अमेरिकाले भारतलाई दिँदै आएको विशेष सुविधायुक्त व्यापार सहुलियतको अन्त्य गरेको थियो। त्यस्तो कदमपछि भारतले विभिन्न २८ वटा अमेरिकी उत्पादनको आयातमा जबाफी कर लगाएको थियो र दुई देशबीच कूटनीतिक विवाद उत्पन्न भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिए कारबाही गर्ने नाउपा अध्यक्ष रञ्जिताको चेतावनी

धनगढी । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन संसदीय

ठगी आरोपमा क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय

क्रिप्टो कारोबारका क्रममा ठूलो अनियमितता र ठगी गरेको आरोप लागेका साम ब्याङ्कम्यान–फ्राइडलाई अमेरिकी

भारतको जम्मु-श्रीनगरमा ट्याक्सी दुर्घटनामा १० जनाको मृत्यु

भारतको जम्मु र श्रीनगर राष्ट्रिय राजमार्गमा पर्ने गहिरो खोलामा शुक्रबार ट्याक्सी खस्दा दश

सर्वोच्चद्वारा नेपाली कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा

काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । शुक्रबार