कोभिड-१९ विरुद्ध खटिएका १७ सय स्वास्थ्यकर्मी सङ्क्रमित, छ जनाको मृत्यु



चीनले कोभिड-१९ अर्थात् नयाँ कोरोनाभाइरसको नियन्त्रण र रोकथामका निम्ति अग्रमोर्चामा खटिएका १७ सय जनाभन्दा बढी स्वास्थ्यकर्मी उक्त भाइरसबाट सङ्क्रमित भएको खुलासा गरेको छ। छ जनाको मृत्यु नै भइसकेको छ।

चिकित्सक तथा नर्सहरूले ‘ज्यान दाउमा राखेर काम गरिरहेको’ राष्ट्रिय स्वास्थ्य आयोगका उपमहानिर्देशक जङ्ग यीसिनले बताए।

उनका अनुसार वुहानमा कार्यरत ११ सय दुईजना र हुबे प्रान्तका अन्य भागमा चार सय स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन्।

सङ्क्रमित स्वास्थ्यकर्मीहरूको सङ्ख्या बढ्दै गएको पनि उनले जानकारी दिए। पछिल्ला हप्ताहरूमा कतिपय स्वास्थ्यकर्मीले आफूहरूलाई सुरक्षित राख्न आवश्यक उपकरणहरूको अभाव झेल्नुपरेको गुनासो गरेका छन्।

भाइरसबारे आफ्ना सहकर्मीलाई सचेत गराउने कोसिस गरेका तर पछि चुप लगाइएका डाक्टर लि वेन्लियाङको गत साता मृत्यु भएपछि त्यसले सामाजिक सञ्जालमा सरकारी निकायविरुद्ध चर्को आक्रोश निम्त्याएको थियो।

उनले चीनमा नयाँ कोरोनाभाइरसको प्रकोप फैलिन सक्ने चेतावनी दिएका थिए। वुहान सेन्ट्रल हस्पिटलमा कार्यरत उनलाई त्यहीँ सङ्क्रमण भएको थियो।

चीनले नयाँ भाइरसबाट थप १२० जनाको मृत्यु भएको जनाएको छ। यससँगै सो भाइरसका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या करिब १४ सय पुगेको छ।

कोभिड-१९ भाइरस सङ्क्रमणको केन्द्रबिन्दु हुबे प्रान्तबाहिर लगातार दशौँ दिन सङ्क्रमितको सङ्ख्या घट्दो क्रममा देखिएको छ। तर राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार सङ्क्रमितहरूको सङ्ख्या ६३ हजार नौ सय २२ पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
खान युनिसमा इजरायली आक्रमणमा कम्तिमा ७१ प्यालेस्टिनीको मृत्यु

गाजाको दक्षिणमा रहेको खान युनिस सहरको मावासी क्षेत्रमा विस्थापित मानिसहरूको शिबिरमा शनिबार इजरायली

दलहरूलाई कमजोर बनाएर लोकतन्त्र बलियो बनाउन सकिँदैनः महासचिव पोखरेल

ललितपुर । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले राजनीतिक दललाई कमजोर बनाएर लोकतन्त्र र

डब्ल्यूएचओद्वारा मलावीलाई ९० लाख डलर बराबरको चिकित्सा सामग्री सहयोग

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले मलावी सरकारलाई देशका सार्वजनिक अस्पताललाई सहयोग गर्न ९०

पाकिस्तानका पूर्वप्रधानमन्त्री खान समर्थित गठबन्धन आरक्षित सिटका लागि योग्य ठहर

इस्लामावाद । पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानको पाकिस्तान तेहरिक-ए-इन्साफ (पीटीआई) पार्टी समर्थित