हङकङमा क्रुजमा फसेका हजारौं मानिसलाई कोरोनाभाइरसको परीक्षणपछि बाहिर निस्कन अनुमति



हङकङमा चार दिनसम्म क्रुजमा फसेका हजारौं मानिसहरूलाई कोरोनाभाइरसको परीक्षणपछि त्यहाँबाट बाहिर निस्कन अनुमति दिइएको छ।

अघिल्लो यात्राका क्रममा केही कर्मचारीहरूमार्फत् उक्त भाइरस पानीजहाजमा फैलिएको हुनसक्ने आशङ्कामाझ वर्ल्ड ड्रीम क्रुजका करिब तीन हजार ६ सय यात्रु र चालक दललाई निगरानीमा राखिएको थियो।

जापानमा अर्को पानीजहाजमा कोरोनाभाइरसबाट सङ्क्रमित दर्जनौं भएको पुष्टि भएपछि त्यसलाई निगरानीमा राखिएको छ। चीनमा देखापरेको उक्त भाइरसको प्रकोपका कारण अहिलेसम्म ८ सय १३ जनाको मृत्यु भइसकेको छ।

यो सङ्ख्या यसअघि स्वासप्रश्वासमै समस्या देखिने सार्सले मारेको मानिसहरूको भन्दा बढी हो। सन् २००३ मा सार्सका कारण दुई दर्जनभन्दा बढी देशमा गरी सात सय ७४ जनाको ज्यान गएको थियो।

क्षेत्रीय स्वास्थ्य अधिकारीहरूका अनुसार कोरोनाभाइरसको प्रकोप सुरु भएको चीनको हुबे प्रान्तमा मात्रै सात सय ८० जनाको ज्यान गइसकेको छ।

त्यस्तै विश्वभर संक्रमित हुनेको सङ्ख्या ३४ हजार ८ सय भन्दा बढी पुगेकामा धेरैजसो भने चीनकै छन्। कोरोनाभाइरसको संक्रमणको खतराका कारण चिनियाँ नयाँ वर्षदेखि नै बिदामा बसेका मानिसहरू बिस्तारै काममा फर्किने तयारी गर्दैछन्।

यद्यपि ठूलो सङ्ख्यामा कम्पनी र व्यापारहरू बन्द नै रहनेछन् र धेरै मानिसले घरबाटै काम गर्ने ठानिएको छ।

राजधानी बेइजिङलाई घेर्ने हुबे प्रान्तमा कम्तीमा मार्च १ तारिखसम्म विद्यालयहरू बन्द रहने सरकारी सञ्चारमाध्यमले जनाएका छन्। हुबे प्रान्तका धेरै ठाउँ अझै पनि बन्द नै छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अख्तियारद्वारा एमडीएमएस खरिद प्रकरणमा २० जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग

कोभिड निगरानीका लागि विश्व स्वास्थ्य संगठनद्वारा विश्वव्यापी सञ्जाल सुरु

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सार्स–कोभ–२, मर्स–कोभ र नोवेल कोरोना भाइरस–१९ को खोज,

नोबेल पुरस्कार विजेता अर्थशास्त्री डानियलको निधन

नोबेल पुरस्कार विजेता डानियल कान्हेम्यानको ९० वर्षको उमेरमा निधन भएको छ । व्यवहारिक

प्रतिस्पर्धाको अभावले अष्ट्रेलियाको जीवनस्तर तथा उत्पादकत्वमा गिरावट

निजी क्षेत्रमा उचित प्रतिस्पर्धाको अभावले अस्ट्रेलियालीहरूको जीवनस्तर खतरामा परेको संसदीय एक अनुसन्धानले चेतावनी