टाउको नै भ्रष्ट भएपछि गाउँनगरका पैताला कसरी स्वच्छ होऊन् र ?



नारायण गाउँले ।

मन्त्रीदेखि कानुन नै बदल्ने हिम्मत खासमा वाइडबड़ीले दिएको हो । अब थाँति रहेका धेरै कुरामध्ये नारायणहिटीमा होटेल र रेस्टुरेन्ट पनि हो । सुनिन्छ, एनसेलको कर पनि टेबलमुनि सेटल भएर दुब्लो भइसक्यो ! चौरको झार उखेलेर दुई अर्ब सकियो, कृषिमा साठी अर्ब अनुदान के भयो भन्ने पढ्नुभो होला ।

भ्रष्टाचार आफैमा ठूलो कुरो थिएन, तर भ्रष्टाचारका लागि नीति नै परिवर्तन गर्ने हिम्मत शासकमा थपिँदै जानु, भ्रष्टाचारका जरा आफूसम्मैं जोड़िएकाले प्रतिपक्ष कर्मकाण्डीय विज्ञप्तिमा सीमित हुनु र यस्तो बेथिति प्रधानमन्त्रीको आँखा छलेर भएको छ कि भन्ने झिनो आशा पनि टुट्दै जानु निकै ठूलो विडम्बना हो !

टाउको नै भ्रष्ट भएपछि गाउँनगरका पैताला कसरी स्वच्छ होऊन् र ? पत्रिका पल्टाएर पढ्नुभो भने हरेक पृष्ठ यस्तै खबरले भरिएका छन् । एकदुई खबर भने सुब्बा र खरीदार रङ्गेहात समातिएको पढ्न पाइन्छ ।

अझ दिक्दार त त्यसबेला लाग्छ, जब तपाईंजस्तै भुइँमान्छे त्यो भ्रष्टाचारको ढाल बनेर उभिन्छ र भन्छ, मेरा महान् पार्टीका महान् नेताको चरित्रहत्या गर्ने तँ को होस् ? हिजोमात्रै वैकल्पिक पार्टी बनाउने सपना देख्नेहरूको जमानत जफत भएकोमा खुशी भएर उसले दर्जनौं स्ट्याटस लेखेको थियो । खुशीको कारण के थियो होला ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली चिया निर्यातमा भारतले लगायो रोक

  झापा ।  भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको

चार लाख धरौटी बुझाउन नसकेपछि दीपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा चार लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि पूर्वउपराष्ट्रपति

नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर, आठ जनालाई सफाइ

काठमाडौं । नेशनल पेमेन्ट गेटवे प्रकरणमा विशेष अदालतले सुनिल पौडेललाई दोषी ठहर गरेको

कांग्रेसले भन्यो-गण्डकी र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुखबाट गरिएका निर्णय र क्रियाकलाप घोर आपत्तिजनक

काठमाडौं । नेपाली कांग्रेसले प्रदेश सरकार गठन गर्ने क्रममा गण्डकी र सुदूर पश्चिमका