न्यायाधीश नियुक्ति प्रक्रियाप्रति कानुनमन्त्री असन्तुष्ट



काठमाडौं । उपप्रधान एवं कानून न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादवले हालै भएको न्यायाधीश नियुक्तिको प्रक्रियाप्रति असहमति जनाएका छन् ।

शुक्रबार कानून मन्त्रालयमा पत्रकारहरुसँग कुरा गर्दै कानुनमन्त्री यादवले आफूलाई यो निर्णयले अचम्ममा पारेको र त्यो निर्णय कानून बिपरित भएको बताएका हुन् । यादवले मन्त्रालय परिवर्तन हुनुभन्दा अघि तत्कालीन कानूनमन्त्री भानुभक्त ढकालले न्यायाधीश नियुक्तिका लागि गरेको सिफारीस कानूनविपरीत भएको बताए ।

न्याय परिषदलाई प्रभावमा पारी तत्कालीन कानूनमन्त्री ढकालले न्यायाधीश पद खालि नहँुदै उच्च अदालतमा १५ जना न्यायाधीश नियुक्तीका लागि सिफारिस गराएका थिए । मंसिर ४ गते बसेको न्यायपरिषदको बैठकले उच्च अदालतको न्यायाधीशका लागि जिल्ला न्यायाधीसबाट ९ जना, न्याय सेवाबाट १ र अधिवक्ताहरुबाट ५ जना सिफरिस गरिएको थियो ।

त्यस्तै उपप्रधानमन्त्री यादवले आफू संविधान संशोधनको एजेण्डा लिएर सरकारमा सहभागी भएकाले पनि प्रधानमन्त्रीले छानेर दिएको कानून मन्त्रालयलाई अवसरको रुपमा लिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बंगलादेशसँग आर्थिक सम्बन्ध विस्तारमा नेपालको जोड

काठमाडौँ । नेपालले बङ्गलादेशसँगको आर्थिक सम्बन्ध विस्तारका साथै अल्पविकसित मुलुकको सूचीबाट विकासशील राष्ट्रमा

गुणस्तरीय शिक्षामा समान अवसर र लाभको सुनिश्चितता जरुरीः प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले पिछडिएका वर्ग, क्षेत्र, लिङ्ग र जातजातिलाई शिक्षाको मूलधारमा

पोडवे बन्न सक्छ सार्वजनिक यातायात सुधार्ने उपयुक्त विकल्प

रमेश लम्साल, काठमाडौँ । भौतिक पूर्वाधारको अधिकतम विकास गर्नका लागि सरकार र निजी

आजदेखि सोह्र श्राद्ध सुरु

काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ