एनआरएनए युरोपको क्षेत्रीय उपसंयोजकमा डोटीका रोस्याराको उम्मेद्वारी घोषण



गैरआवासीय नेपाली संघ एनआरएनएको २०१९ २०२१ कार्यकालका लागि नवराज रोस्याराले युरोपको लागि क्षेत्रीय उपसंयोजकका उम्मेद्वारी दिने भएका छन्।

एनआरएनए एनसीसी जर्मनीका पुर्व अध्यक्ष समेत रहेका रोस्याराले आफू यो पटक युरोप क्षेत्रको उपसंयोजक डीआरसीका लागि उम्मेदवार हुने यसअघि नै सार्वजनिक गरिसकेका छन्।

सुदुरपश्चिम प्रदेशको डोटी हालको शिखर नगरपालिका मोई गाउँमा जन्मेका रोस्याराले आफ्नो प्रारम्भिक र माध्यमिक तह सम्म्को शिक्षा डोटी जिल्ला मै गरेका थिए।

आइएससी कंचनपुर महेन्द्र नगरबाट गरेरे बिएससी अमृत साइन्स क्याम्पसबाट पुरा गरेका थिए । त्यस्पछि उनी मास्टर र पिएचडी अध्ययनको लागि जर्मनी पुगेको हुन् ।रोस्यारा जर्मनीमा २००२ मा पहिलो पटक आएका थिए। म्याथमेटिक्समा एमएससी र बायो इन्फरमेटिक्समा पिएचडी गरेका हुन्। हाल भने उनि आइटी क्षेत्रमा काम गरी रहेको छन्।

राजनीतिमा पनि चाख राख्ने रोस्यारा विद्यार्थी रहँदा अस्कल क्याम्पसको तत्कालिन अनेरास्वबियुबाट स्वबियुमा सदस्य, सचिव र उपसभापती निर्वाचित भएका थिए। तर जर्मनी आएपछि भने उनले टुरिजममा नेपाललाई सहयोग गर्नुपर्छ भनेर धेरै पल्ट अभियानहरु चलाएका छन् ।

आफू पश्चिम नेपालमा जन्मिएको र हुर्किएकोले त्यही क्षेत्रमा सकृय हुँदा बढी काम गर्न सकिन्छ भन्ने हेतुले त्यो क्षेत्रको पर्यटनमा सघाउदै आएको उनको भनाई छ ।

उनले सामुहिक नेत्रित्वमा विश्वाश गर्ने भएकोले अरु थुप्रै एनआरएन अभियन्ताहरुसँग मिलेर काम गरेको बताए । उनले राजनीति हरेक मान्छेले बुझेको हुनुपर्ने र यसलाई नजिकबाट नियाली राख्नुपर्ने बताए ।

एनआरएनलाई पार्टीहरुको शक्ती प्रदर्शन गर्ने थलो भने कदापी बनाइनु नहुँने उनले बताए । २००७ देखी एनआरएनएमा सलग्न भए पनि रोस्याराले एनआरएनए एनसीसी जर्मनीको सदस्यता भने २००९ मा मात्र लिएका हुन्। त्यसपछि उनी यो अभियानमा निरन्तर सकृय भएको बताएका छन्।

एनआरएनए एनसीसी जर्मनीको सदस्य २०११ देखी २०१३, २०१३ २०१५ मा उपाध्यक्ष, २०१५ २०१७ मा एनआरएनए जर्मनीको अध्यक्ष थिए।त्यस्तै उनले आइसीसीका विभिन्न टास्क फोर्सहरुमा पनि रहेर एनआरएनएको अभियानमा योगदान पुर्याएका छन् ।

उनी अध्यक्ष हुँदा आफ्नो कार्यकालमा युरोप छेत्रिय सम्मेलन जर्मनीमै भएको थियो। यी सबै कम गरेको कारणले नै आफुले यो पटक क्षेत्रीय उपसंयोजकका लागि आकांक्षी भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रियसभा सदस्यमा अञ्जान शाक्य मनोनीत

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले डा. अञ्जान शाक्यलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गरेका

महालेखापरीक्षकमा तोयम राया नियुक्त

काठमाडौं । तोयम राया महालेखापरीक्षकमा नियुक्त भएका छन् । बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले

लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराद्वारा ६ जना विनाविभागीय मन्त्री नियुक्त

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रिपरिषद विस्तार गरेका छन् । मुख्यमन्त्री

कांग्रेस सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीलाई सघाउन तयार

काठमाडौं । नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशमा नेकपा(एकीकृत समाजवादी)लाई मुख्यमन्त्री दिन तयार देखिएको छ