इरान र रसियाले संयुक्त रूपमा कोभिड खोप उत्पादन गर्ने



इरान र रसियाबीच तेहरानमा कोभिड–१९ विरूद्धको खोप उत्पादन गर्न सहकार्य गर्ने सहमति भएको छ । मस्कोका लागि इरानका राजदूत काजेम जलालीलाई उदृत गरी इरानको अर्ध–सरकारी समाचार संस्थाले इरान र रसियाबीच खोप उत्पादन गर्न सहकार्य गर्ने सहमति भएको जनाएको छ ।

‘फार्स न्यूज एजेन्सी’ का अनुसार उक्त सहमति रूसी प्रत्यक्ष लगानी कोष (आरडीआईएफ) का कार्यकारी प्रमुख किरील दिमित्रिभ र राजदूत जलालीबीच भएको भिडियो बैठकमा भएको बताइएको छ । सो अवसरमा इरानी राजदूतले ‘कोभिड–१९ को खोप पत्ता लगाउन सफल भएको भन्दै रूसलाई वधाई दिएका थिए ।

जलालीले दुवै देशबीच थप स्वास्थ्य र चिकित्सा सहयोगको लागि रूससँग आग्रह गरेका छन् । दिमित्रीभले दुई देशबीच कोभिड–१९ विरूद्धको खोपको ठूलो उत्पादनको लागि तयार रहेकोमा रूसी पक्ष खुशी बनेको बताए । रसियाका स्वास्थ्य अधिकारीहरूले हालै कोभिड–१९ खोपको उत्पादन गर्ने घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनद्वारा दुई नयाँ उपग्रह प्रक्षेपण

जिउक्वान। चीनले बिहीबार लङ मार्च–२सी क्यारियर रकेट प्रक्षेपण गरेको छ, जसले दुईवटा भू–उपग्रहलाई

युद्धविरामको अर्को चरणका लागि वार्ता सुरु गर्न इजरायलसँग हमासको आग्रह

गाजा सिटी । हमासले इजरायलसँग गाजा युद्धविरामको अर्को चरणका लागि वार्तामा प्रवेश गर्न

सबै नेपालीलाई नागरिक बीमामा जोड्नु पर्छः स्वास्थ्यमन्त्री पौडेल

ललितपुर ।  स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सबै नेपाली नागरिकलाई अनिवार्य बिमामा जोड्नुपर्ने

भारतमा एक पटकमा एक बियरमार्फत परिवर्तन ल्याउँदै महिलाहरू

भारत । भारतको बढ्दो क्राफ्ट बियर दृश्यको अंशका रूपमा वर्षा भाट दुई तरिकाले