वीरेन्द्र अस्पताल छाउनीमा हेमोडाईलासिस सेवा सुरु



काठमाडौं । काठमाडौं महानगरपालिका र नेपाली सेनाको सहकार्यमा वीरेन्द्र अस्पताल छाउनीबाट मृगौला रोगीको हेमोडाईलासिस सेवा शुरु भएको छ । महानगरको वडा १५ निवासी ६४ बर्षिया चन्द्रदेवी महर्जनको डाइलासिस गर्ने क्रममा उपकरण सञ्चालन गर्दै महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले सेवाको शुभारम्भ गरेका हुन् ।

यस क्रममा मेयर शाक्यले डाइलोसिस गराइरहेकी महर्जनसँग उनको स्वास्थ्य र पारिवारिक अवस्थाका बारेमा जानकारी लिएका थिए । यस प्रकारको सेवा सञ्चालन गर्न गएको पुस २ गते नेपाली सेना र महानगरबीच सहमति पत्रमा हस्ताक्षर भएको थियो ।

सम्झौताबमोजिम आवश्यक मेसिन, भौतिक पूर्वाधार र जनशक्ति व्यवस्थापनका लागि महानगरले नेपाली सेनालाई तीन करोड रुपैयाँ उपलब्ध गराउनेछ ।

सम्झौताबमोजिम मृगौला बिरामीहरुका लागि हेमोडाईलासिस सेवासँगै वीरेन्द्र अस्पताल छाउनीबाट महानगरबासी जेष्ठ नागरिकका लागि ओपीडी सेवा, आपतकालीन स्वास्थ्य सेवा बढाउँदै लगिनेछ । थप उपकरण र जनशक्तिको व्यवस्थापन हुनुअघि पहिलो चरणमा महानगरको वडाबाट विपन्नताको र जनस्वास्थ्य महाशाखाबाट उपचारको शिफारिस प्राप्त गरेका सेरा नेगेटिभका बिरामीहरुलाई अस्पतालबाट हेमोडाईलासिस सेवा उपलब्ध हुनेछ ।

थप उपकरण र जनशक्ति नथपुञ्जेल अहिलेका लागि अस्पतालमा भएकै श्रोत साधनबाट १ सिफ्ट थप गरी प्रति दिन ९ देखि १२ जनासम्म बिरामीको लागि हेमोडाइलासिस सेवा दिइनेछ । त्यसलाई बृद्धि गर्दै भौतिक पूर्वाधार लगायतका श्रोत साधन थपेपछि सेवा विस्तार गर्दै लगिनेछ ।

महानगरले सहरी स्वास्थ्य क्षेत्रको प्रबद्र्धनका लागि अन्य स्वास्थ्य संस्थाहरुसँग पनि सहकार्य गरिरहेको छ । रगतमा भएका तत्व छुट््याउनको प्रणाली जडान गर्न कान्ति अस्पतालसँग यस अघि सम्झौता भइसकेको छ भने अक्सिजन प्लान्ट स्थापना गर्न गंगालाल हृदय रोग केन्द्रसँग सम्झौता हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सर्वसाधारणलाई ‘लू’बाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तातो हावा ‘लू’बाट बच्न सर्वसाधारणलाई आग्रह गरेको

कोल्डड्रिङ्क्सको सट्टा कागती पानी 

डा अरुणा उप्रेती । गर्मीयाम सुरु भएसँगै तीर्खा मेट्नका लागि विभिन्न चिसो पेय

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १२ सयको मिर्गौला प्रत्यारोपण

  भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा एक हजार

महाकाली अस्पतालमा रेबिजविरुद्धको खोप अभाव

    दोधारा चाँदनी (कञ्चनपुर)  । महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा रेबिजविरुद्धको खोप अभाव