डोटीमा ब्लड बैंक नहुँदा समस्या



डोटी । निजी क्षेत्रबाट सञ्चालित शैलेश्वरी अस्पतालले स्थानीयवासीको निःशुल्क रगत समूह परीक्षण गर्न शुरुवात गरेको छ ।
सिलगढी नगरपालिका–४ पिपल्लामा रहेको यस अस्पतालले रगत अभावलाई अन्त्य गर्न सो अभियानको सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ । रगत अभावका कारण अहिलेसम्म जिल्लामा चार जनाको अकालमा ज्यान गुमाउनु परिसकेको बताइएको छ ।

दिपायल सिलगढी नगरपालिकाका नगरप्रमुख मञ्जु मलासी अभियानको शुभारम्भ गर्दै सबैले रक्तदान गर्न अति जरुरी भएको बताइन् । जिल्ला सदरमुकाम सिलगढीमा तैनाथ रहेको रुद्रध्वज गणले हालसम्म ९७ बिरामीका लागि रक्तदान गरिसकेको निमित्त गणपति सन्तोष ढुङ्गेलले जानकारी दिए । जिल्लामा बिरामीलाई रगतको आवश्यक परे नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको ३६ नं गणले हालसम्म उपलब्ध गराउँदै आएका छन् । रक्तदान कार्यक्रममा ५० जनाले रगत समूह परीक्षण गरेको अस्पतालले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बेलायतद्वारा ओमिक्रोन उपचारका लागि मोडर्नाको नयाँ खोपलाई अनुमति

बेलायतको औषधि नियामक निकायले सोमबार कोरोना भाइरसविरुद्धको अद्यावधिक मोडेर्ना खोपलाई उपचार प्रयोगका लागि

थप ८८८ जनामा कोरोना संक्रमण एकजनाको मृत्यु

काठमाडौँ । नेपालमा थप ८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य

थप ४५५ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

काठमाडौँ । नेपालमा थप ४५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य

थप २६३ जनामा कोरोना संक्रमण, ५०१ जना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा थप २६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य