गोरो होइन, स्वस्थ भए कसो होला ?



डा.अरुणा उप्रेती ।

हाम्रो छालाको रङ गोरो हुनुपर्छ,’ हामीलाई ‘गोरो हुनु राम्रो हुनु’ भन्ने सिकाइएको छ, यो साह्रै दुःखलाग्दो कुरा हो । त्यसमाथि पनि विभिन्न चाडपर्वमा त झन् महिलाहरूले अनेक थरीका सौन्दर्य सामग्री प्रयोग गरेर छालाको स्वास्थ्य खराब गर्छन् । यस्ता सौन्दर्य सामग्रीहरूमा मिसाएको ‘मर्करी’ ले शरीरका विभिन्न अंगहरूलाई बिगार गर्छन् भन्ने सिद्ध भइसकेको छ । ‘मिर्गौला र कलेजोमा पनि नराम्रो असर पार्छन् । नक्कली सुनका गहनाहरूले छालामा विकार ल्याउँछन्,’ विज्ञहरू भन्छन् ।

तर यस्ता विज्ञहरूको भनाइ सुन्ने समय कसैलाई हुँदैन । उपभोक्ताहरूलाई विभिन्न सौन्दर्य सामानमा के–के मिसाइएको हुन्छ भन्ने थाहा नहुने भएकाले जथाभावी, सस्तो पाइयो भन्दैमा सौन्दर्य सामग्री नकिन्न भनेर छाला रोग विज्ञहरूले सल्लाह दिइरहेका हुन्छन् । तर, सौन्दर्य सामग्रीको विज्ञापन यति धेरै हुन्छ कि विज्ञहरूको सानो स्वर यस्ता सामग्री प्रयोग गर्नेहरूको कानसम्म पुग्दै पुग्दैन ।

हाम्रा धेरै उपभोक्तालाई थाहा छैन होला, अनेक थरीका पाउडर, स्याम्पु, बेबी पाउडर आदि सौन्दर्य सामग्री उत्पादन गर्ने विश्वप्रसिद्ध कम्पनी जोन्सन एण्ड जोन्सनले उत्पादन गरेको ट्याल्कम पाउडरको प्रयोग एक अमेरिकाकी महिलाले गुप्ताङ्ग ‘सफा राख्न’ प्रयोग गर्दा उनलाई डिम्बाशयको क्यान्सर भयो । ग्लोरिया रिस्टसन्ड, ६२ ले आफूलाई ‘बेबी पाउडर’ प्रयोग गरेर क्यान्सर भएको र कम्पनीले यस्तो हुन सक्नेबारेमा आफूलाई पहिला नै जानकारी नदिएको भनेर अदालतमा कम्पनीविरुद्ध मुद्दा हालिन् ।

अदालतले मुद्दा हेरेपछि कम्पनीले उनलाई ५५ मिलियन डलर, अर्थात् झण्डै ५ अर्ब ५० करोड रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गर्‍याे । किनभने ती महिलालाई पाउडरमा मिसाएको रसायनले क्यान्सर गराएको कुरामा अदालत विश्वस्त थियो ।
तर, नेपालमा महिला र अहिले त पुरुषहरूले पनि प्रयोग गर्ने सौन्दर्य सामग्रीहरूमा मिसाइएको रसायनले के बेफाइदा गर्छ भनेर चेतना पनि छैन ।

अनुहारको पोतो हटाउन, चाया छोप्न यदि महिलाहरूले कुनै सौन्दर्य सामग्री प्रयोग गरेर पछि छालामा समस्या परेर डाक्टर कहाँ जानुपर्‍यो भने के मजा भयो र

स्वस्थ खाना र व्यायामले छालाको स्वास्थ्य राम्रो पार्छ, छालामा चमक ल्याउँछ । गोरो होइन, स्वस्थ भए कसो होला ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारीमा कार्यरत चिकित्सकले निजी स्वास्थ्य संस्थामा पूर्णकालीनरुपमा कार्य गर्नु कानुनविपरीतः स्वास्थ्य मन्त्रालय

  काठमाडौँ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीले निजी स्वास्थ्य संस्थामा

डा भगवान कोइरालाको अगुवाइमा बन्न लागेको बाल अस्पताललाई शर्माले गरे २० लाख सहयोग

    काठमाडौँ । प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले वरिष्ठ मुटुरोग

अब दमौली अस्पतालमा १२ घण्टा ओपिडी सेवा

तनहुँ । तनहुँको सदरमुकामस्थित दमौली अस्पतालले बिहीबारदेखि बहिरङ्ग (ओपिडी) सेवा १२ घण्टा सञ्चालन

सेवाग्राहीको विश्वास जित्दै जनस्वास्थ्य प्रयोगशाला

    काठमाडौँ । काठमाडौंको टेकुस्थित स्वास्थ्य सेवा विभाग परिसरमा रहेको राष्ट्रिय जनस्वास्थ्य