पर्सामा खाद्य कम्पनीले ४२ हजार क्विन्टल धान खरिद गर्ने



वीरगञ्ज । पर्सास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी कम्पनीले ३२ हजार क्विन्टल सोनामन्सुली र १० हजार क्विन्टल जिरामसिनो धान खरिद गर्ने भएको छ ।

कम्पनीका सूचना अधिकारी समीर दाहालका अनुसार दुई वर्षसम्म बजार मूल्यभन्दा सरकारले तोकेको समर्थन मूल्य कम भएपछि किसानले कम्पनीलाई धान बेचेका थिएनन् । यो वर्ष बजारमूल्यभन्दा समर्थन मूल्य केही बढी भएकाले किसानले कम्पनीलाई धान बेच्ने अपेक्षा गरिएको उनले बताए ।

गत सोमबार पर्साका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको स्थानीय प्राथामिक खरिद समितिले निर्धारण गरेको मूल्यअनुसार कम्पनीले धान खरिद गर्न लागेको हो । समितिले जिरामसिनोको समर्थन मूल्य प्रतिक्विन्टल चार हजार तोकेको छ ।

सङ्घीय सरकारले सोनामन्सुलीको समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार पाँच सय ५८ दशमलव ६२ पैसा निर्धारण गरेको छ ।

‘‘किसान बाहेक कुनैपनि व्यापारी वा विचौलियाको धान खरिद गरिने छैन,’’सूचना अधिकारी दाहालले भने । ‘‘कम्पनीको गुणस्तर मापदण्ड अनुसारको राम्रो,सफा एवं सुकेको धान मात्र ल्याउनुपर्नेछ । सो प्रकृतिको धान नल्याएको खण्डमा खरिद गरिने छैन ।’’

यसैबीच, गत आर्थिक वर्षमा धान, चामल आयातमा कमी आएको पाइएको छ ।

भारतले धान, चामल निर्यातमा कोटा प्रणाली हटाएर थप २० प्रतिशत कर लाग्ने व्यवस्था गरेकाले आयातमा कमी आएको हो । गत आवमा आठ अर्ब २८ करोड ५५ लाख ४२ हजारको २० करोड ८० लाख ९२ हजार ४४८ किलो धान आयात भएको भन्सार कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेप्सेमा ४९ अंकको वृद्धि

काठमाडौं । साताको शेयर कारोबारको अन्तिम दिन बिहीबार शेयर बजार उच्च अङ्कले बढेको

कार्यसम्पादन मूल्यांकन नै नगरी स्पष्टीकरण माग गरिएको विषय आफैँमा अपरिपक्व र अनुचित छ: कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई पदबाट हटाउने अधिकार

आलोचुङगालामा बुनेको गलैँचाको माग उच्च

ताप्लेजुङ । फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुगोला गाउँका लागि गलैँचा मुख्य आम्दानीको स्रोत बनेको छ

वनगाउँको पूरै गाउँ तरकारीखेतीमा

टीकापुर । कैलालीको टीकापुर–८ वनगाउँको पूरै गाउँ तरकारीखेतीमा लागेको छ । सुरुका दिनमा