नेप्सेमा १६ अंकको गिरावट



काठमाडौं । लगातार दोस्रो दिन मङ्गलबार पनि शेयर बजार दोहोरो अङ्कले घटेको छ । सोमबार २७ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव शून्य ६ अङ्कले घटेर एक हजार आठ सय ५५ दशमलव १६ विन्दुमा झरेको छ ।

आज व्यापार र होटलबाहेक अरू सबै समूहको शेयर ओरालो लागेको छ । नेप्सेसँगै कारोबार रकममा पनि कमी आएको छ । दुई सय २९ वटा कम्पनीको १७ लाख ६८ हजार कित्ता शेयर ५५ करोड २८ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नबिल बैंकको तीन करोड १० लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज विन्ध्यवासिनी हाइड्रोपावर विकास कम्पनीको शेयर सात प्रतिशतभन्दा धेरै र सिँगटी हाइड्रोको शेयर चार प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि समिट लघुवित्त र अभियान लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उखु र दुध किसानको भुक्तानीका लागि दुई अर्ब निकासा

  काठमाडौँ । सरकारले उखु र दूध किसानको बक्यौता रकम भुक्तानीको प्रक्रिया अघि

कृषि कर्ममा रमाउँदै टेम्केमैयुङका युवा

भोजपुर। भोजपुरमा आफ्नै ठाउँमा कृषि उद्यम,व्यवसायमा लाग्ने युवाको संख्या बढेको छ । सरकारको

दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा झण्डै सात अर्ब रुपैयाँको स्मार्टफोन

सरकारले पर्यटन क्षेत्रलाई सहज बनाउँदै लैजान्छः उपप्रधानमन्त्री सिंह

काठमाडौँ । उपप्रधान तथा सहकारी विकासमन्त्री  प्रकाशमान सिंहले नेपालको अर्थतन्त्रलाई सुधार गर्न पर्यटन