शेयर बजारमा दोहोरो अंकको गिरावट



काठमाडौं । आइतबार ४४ अङ्कले बढेको शेयर बजार सोमबार भने २७ अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से सोमबार २७ दशमलव १६ अङ्कले घटेर १ हजार ८ सय ७१ दशमलव २२ विन्दुमा झरेको छ ।

आज म्युचल फन्डबाहेक सबै समूहको शेयर घटेकोमा बीमा, विकास बैंक, माइक्रोफाइनान्स, होटल तथा पर्यटन, उत्पादन, जलविद्युत् र फाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज शेयर बजार घटे पनि कारोबार रकममा केही सुधार भएको छ । हिजो ८३ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएकोमा आज दुई सय ३३ वटा कम्पनीको ३१ लख ५५ हजार कित्ता शेयर ९७ करोड १७ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन एभरेस्ट इन्सुरेन्स लिमिटेड प्रोमोटरको १६ करोड ५८ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज गरिमा डिबेन्चर २०८५ को शेयर सबैभन्दा धेरै आठ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि अभियान लघुवित्त वित्तीय संस्थाको शेयर झन्डै १० प्रतिशतले बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उखु र दुध किसानको भुक्तानीका लागि दुई अर्ब निकासा

  काठमाडौँ । सरकारले उखु र दूध किसानको बक्यौता रकम भुक्तानीको प्रक्रिया अघि

कृषि कर्ममा रमाउँदै टेम्केमैयुङका युवा

भोजपुर। भोजपुरमा आफ्नै ठाउँमा कृषि उद्यम,व्यवसायमा लाग्ने युवाको संख्या बढेको छ । सरकारको

दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा झण्डै सात अर्ब रुपैयाँको स्मार्टफोन

सरकारले पर्यटन क्षेत्रलाई सहज बनाउँदै लैजान्छः उपप्रधानमन्त्री सिंह

काठमाडौँ । उपप्रधान तथा सहकारी विकासमन्त्री  प्रकाशमान सिंहले नेपालको अर्थतन्त्रलाई सुधार गर्न पर्यटन