विराटनगर भन्सारमा राजस्व असुली घट्दै



विराटनगर । विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०७८/७९मा कूल ४० अर्ब ४२ करोड ७७ लाख ७९ हजार राजस्व सङ्कलन गरेको छ । सो अवधिमा कार्यालयले ४९ अर्ब ६५ करोड ९५ लाख चार हजार राजस्व सङ्कलन गर्ने लक्ष्यमा ८१ दशमलव ४१ प्रतिशत मात्र प्रगति हासिल गरेको छ ।

कुनै पनि शीर्षकमा लक्ष्य हासिल गर्न नसकेको कार्यालयबाट निरन्तर प्रगति गुम्दै गएको पाइएको छ । कार्यालयले सङ्कलित राजस्वमा भन्सार महसुल १५ अर्ब ३२ लाख छ हजार मूल्य अभिवृद्धि कर २० अर्ब ८७ करोड ६७ लाख २९ हजार, अन्तःशुल्क दुई अर्ब ५७ करोड ७२ लाख २९ हजार र अन्यबाट एक अर्ब ९७ करोड छ लाख १६ हजार राजस्व सङ्कलन गरेको छ ।

आर्थिक वर्ष २०७७/७८ मा कार्यालयले कूल ४० अर्ब ८१ करोड ९० लाख १३ हजार राजस्व सङ्कलन गरी ८८ दशमलव ४५ प्रतिशत प्रगति हासिल गरेको थियो । सो अवधिमा कार्यालयले ४६ अर्ब १४ करोड ९५ लाख ८९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेप्सेमा दोहोरो अंकको गिरावट, दुई अर्ब १० करोडको कारोबार

  काठमाडौँ ।  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार पनि ओरालो

एक रुपैयाँ बचतबाट बन्यो आठ करोडको पुँजी

  तनहुँ । सुन्दा पत्यार नलाग्न सक्ला तर एक रुपैयाँ बचतले  आठ करोडको

वर्षान्त २०८०ः पर्यटनमा उपलब्धिको वर्ष

काठमाडौँ । कोरोना महामारीका कारण थलिएको नेपालको पर्यटन क्षेत्र वर्ष २०८० मा सुधारोन्मुख

तोलामा १ हजार सात  सय रुपैयाँले बढ्यो सुनको मूल्य

  काठमाडौँ ।  स्थानीय बजारमा पहेँलो धातु (सुन)को मूल्य मंगलबार प्रतितोला  एक हजार