३३ अंकले बढ्यो नेप्से



काठमाडौं । साताको अन्तिम कारोबारको दिन शेयर बजारमा मापक नेप्से परिसूचकमा वृद्धि भएको छ । बुधबार ३८ अंकले गिरावट आएको नेप्से परिसूचकमा बिहिबार ३३ अंकले उकालो लागेको छ । पछिल्लो सातामा दुई लगातार रुपमा नेप्से परिसूचकमा गिरावट आएको थियो ।

तर, साताको अन्तिम कारोबारको दिन आज नेप्से परिसूचक ३३.०३ अंक बढेर २ हजार ९३१.३४ विन्दुमा पुगेको छ । त्यस्तै सेन्सेटिभ इण्डेक्स ४.०९ अंक, फ्लोट इण्डेक्स २.३२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४१ अंक बढेको छ । आज ककारोबारमा आएका २२९ कम्पनी १ करोड ५९ लाख ८९ हजार कित्ता शेयर ५ अर्ब ७७ करोड ३१ लाख २० हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । जसमा आज १७९ कम्पनीको शेयरमूल्य बढेको छ ।

कारोबारमा आएका १३ उपसमूहको परिसूचकमध्ये २ उपसमूहको परिसूचक घटेको छ भने बाँकी ११ उपसमूहको परिसूचक बढेको छ । जसमध्ये विकास बैंक उपसमूहको परिसूचक सबैभन्दा बढी ३.३६ प्रतिशत बढेको छ । त्यस्तै, वित्त उपसमूहको परिसूचक ३.०४ प्रतिशत ,जलविद्युत, लगानी, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ । तर,यता बैंकिङ र म्युचुअल फण्ड उपसमूहको परिसूचक घटेको छ ।

आजको कारोबारमा तीन कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा मैलुङ्ग खोला जलविद्युत कम्पनी, तेह्रथुम पावर कम्पनी र बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लभेलमा कारोबार भएको हो ।

त्यसैगरी, न्यादी हाइड्रोपावरको शेयरमूल्य करिब ९ प्रतिशत र गुराँस लाइफ इन्स्योरेन्सको शेयरमूल्य करिब ८ प्रतिशत बढेको छ । आज कारोबार रकमका आधारमा २२ करोड २० लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार गरेर आईएमई जनरल इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । अपि पावरको १८ करोड भन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता

काठमाडौँ । नागरिक लगानी कोष र सिउरी न्यादी पावर लिमिटेडबीच सेयर प्रत्याभूतिसम्बन्धी द्विपक्षीय

नेप्से परिसूचकको ओरालो यात्रा जारी, दुई अर्ब नौ करोडको कारोबार

  काठमाडौँ ।  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार पनि ओरालो

नौ महिनामा तातोपानी भन्सारमा आठ अर्ब ५६ करोड राजश्व संकलन

  चौतारा । चालु आर्थिक वर्षको नौ महिनामा तातोपानी भन्सार कार्यालयले लक्ष्यभन्दा बढी

विद्युत् उत्पादनको केन्द्र बन्दै ताप्लेजुङ

फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङ जिल्ला विद्युत् उत्पादनको केन्द्र बन्दै गएको छ । यहाँको