नेप्से १० अंकले गिरावट



काठमाडौं । पछिल्लो समय लगातार रुपमा बढ्दै आएको शेयर बजार मापक नेप्से परिसूचकमा मंगलबार घटेको छ । दुई साता देखि लगातार उकालो लाग्दै आएको नेप्से परिसूचक मंगलबार १०.७८ अंकले घटेर २ हजार ९३६.६६ विन्दुमा झरेको छ ।

तर यता सेन्सेटिभ सूचक भने १.१० अंकले बढेको छ । मंगलबार कारोबारमा आएका २२४ कम्पनीको १ करोड ६० लाख ४ हजार ५३० कित्ता शेयर ८ अर्ब ४४ करोड ३४ लाख १९ हजार ५६१ रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार कारोबार रकम भने सोमबारको तुलनामा कही बढेको छ । सोमबार ८ अर्ब तलको शेयर कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ उपसमूहरु मध्ये ४ उपसमूहको सूचक बढेको छ भने बाँकी ७ उपसमूहको सूचकमा गिरावट आएको छ । त्यस्तै मंगलबारको कारोबारमा सामलिङ्ग पावर कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै ९.४९ प्रतिशतले बढेको छ ।

मध्य भोटेकोशी जलविद्युतको ८.११ प्रतिशत, बुद्धभुमि हाइड्रोपावरको ६.०८ प्रतिशत, प्रभु बैंकको ५.५६ प्रतिशत र बरुण हाइड्रोपावरको ४.६६ प्रतिशतले बढेको छ । तर, यता मानुषी लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ५ प्रतिशतले घटेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकको ४.६२ प्रतिशत र सिन्धु विकास बैंकको ४.२१ प्रतिशतले घटेको छ ।

मंगलबारको कारोबारमा २८ करोड ११ लाख रुपैयाँको शेयर कारोबार गरेर अपि पावर कम्पनी पहिलो स्थानमा रहेको छ । त्यस्तै अरुण भ्याली हाइड्रोपावरको २८ करोड ७१ लाख, नेपाल दुरसञ्चार कम्पनीको २५ करोड १९ लाख र हिमालयन डिस्टिलरीको २० करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चार लाख २६ हजार पर्यटकद्वारा एकवर्षमा मुस्ताङ भ्रमण

म्याग्दी । पछिल्लो एक वर्षको अवधिमा चार लाख २६ हजार नौ सय ६४

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता

काठमाडौँ । नागरिक लगानी कोष र सिउरी न्यादी पावर लिमिटेडबीच सेयर प्रत्याभूतिसम्बन्धी द्विपक्षीय

नेप्से परिसूचकको ओरालो यात्रा जारी, दुई अर्ब नौ करोडको कारोबार

  काठमाडौँ ।  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार पनि ओरालो

नौ महिनामा तातोपानी भन्सारमा आठ अर्ब ५६ करोड राजश्व संकलन

  चौतारा । चालु आर्थिक वर्षको नौ महिनामा तातोपानी भन्सार कार्यालयले लक्ष्यभन्दा बढी