राज्य र निजी क्षेत्रबीच बलियो सहकार्य जरुरीः वरिष्ठ उपाध्यक्ष ढकाल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले दक्षिण एशियामा ‘स्टार्टअप इकोसिस्टम’लाई बढावा दिन राज्य र निजी क्षेत्रबीच बलियो सहकार्यको जरुरी भएको बताएका छन् ।

बुधबार अन्तर्राष्ट्रिय श्रम सङ्गठनद्वारा राजधानीमा आयोजित एक कार्यक्रममा ढकालले कमजोर इकोसिस्टमका कारण दक्षिण एशियामा स्टार्टअप व्यवसायले धेरै समस्या झल्नुपरेकाले यसको सहजीकरणका लागि राज्य र निजी क्षेत्रबीच बलियो सहकार्यको जरुरी रहेको बताएका हुन् । उनले दक्षिण एशियामा ठूलो बजारका कारण स्टार्टअप व्यवसाय वृद्धिको अपार सम्भावना रहेको र यस क्षेत्रमा स्टार्टअपलाई अनुकूल वातावरणसमेत रहेको बताए ।

“विशेष गरी युवा व्यवसायी जोसँग अहिलेको प्रविधि र व्यवसाय गर्ने नयाँ/नयाँ तरिकाका बारेमा राम्रो ज्ञान छ, त्यस्ता नवप्रवर्तन व्यवसायी र स्टार्टअप व्यवसायको सम्भावना यस क्षेत्रमा निकै बढ्दो छ”, उनले भने ।

निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घले यस्ता नवप्रवर्तक व्यवसायी र स्टार्टअपलाई सहजीकरण र सहयोग गरेका भन्दै उनले विशेष गरी महिला र युवालाई महासङ्घले सहयोग गरेको बताए ।

“महासङ्घले आईहब र स्टार्टअप तथा नवप्रवर्तन समितिमार्फत महिला तथा युवा व्यवसायीलाई विशेष सहयोग तथा सहजीकरण गर्ने गरेको छ”, उनले भने, “आइहबमा हामीले व्यवसायमा लाग्न चाहने युवालाई सूचनामा पहुँच दिई उनीहरूलाई व्यवसाय, बजार तथा सूचना प्रविधिबारे सिक्ने अवसर प्रदान गर्ने गरेका छौँ ।”

त्यसैगरी स्टार्टअप तथा नवप्रवर्तन समितिमार्फत नेपाल सरकारसँगको सहकार्यमा स्टार्टअप नीति बनाउने काम भइरहेको उनले बताए । साथै उनले महासङ्घले स्टार्टअप तथा नवप्रवर्तन व्यवसायीलाई सहयोग तथा सहजीकरणका लागि सातवटै प्रदेशमा नेपाल सरकारसँगको सहकार्यमा ‘इन्क्युबेटर सेन्टर’ स्थापना गर्न गइरहेको समेत जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली चिया निर्यातमा भारतले लगायो रोक

  झापा ।  भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको

ग्रीन हाइड्रोजन उत्पादनका लागि बुद्धभूमि हाइड्रो र काठमाडौं विश्वविद्यालयबीच सम्झौता

काभ्रे । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) सँग ग्रीन हाइड्रोजन उत्पादनका लागि नुवाकोटको

चैतसम्म वैदेशिक रोजगारीमा जान करिब साढे पाँच लाखले लिए श्रम स्वीकृति

काठमाडौँ । चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान करिब साढे पाँच लाख

तातोपानी भन्सारबाट तीन हजार पाँच सय टन रासायनिक मल काठमाडौँ ढुवानी

सिन्धुपाल्चोक । चीनबाट आयात गरिएको रासायनिक मल तातोपानी भन्सार कार्यालयबाट काठमाडौँतर्फ धमाधम ढुवानी