नेप्सेमा दोहोरो अङ्कको वृद्धि



काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २६.४४ अङ्कले उकालो लागेर दुई हजार ७१५.३५ मा पुगेको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.१० अङ्कले उकालो लागेर ५०६.५४ मा पुगेको छ । नेप्से उकालो लागे पनि कारोबार रकम भने खासै उकालो लाग्न सकेन । कूल २२८ कम्पनीको ८६ लाख ३६ हजार ६३६ कित्ता शेयर चार अर्ब ७३ करोड ४६ लाख ५१ हजार ४४४मूल्यमा खरिद बिक्री भए ।

नेप्सेका अनुसार सोमबार कारोबार भएका १३ वटै उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ ०.९६, व्यापार ५५.९४, होटल तथा पर्यटन ५८.५४, विकास बैंक १४१.४७, जलविद्युत् ५०.०५, वित्त ५७.८४, निर्जीवन बीमा २१२.४, उत्पादन १०९.४९, अन्य १८.३१, लघुवित्त ६३.३८, जीवन बीमा ११३.२४, सामूहिक लगानी कोष ०.०३ र लगानी १.६९ अङ्कले उकालो लाग्यो ।

कारोबारका आधारमा महालक्ष्मी विकास बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको ३५ करोड ४६ लाख ४० हजार ८२३ बराबरको कारोबार भयो । यस्तै, एचआइडिसिएल २८ करोड ६४ लाख ९२ हजार ९८३, लुम्बिनी विकास बैंक २३ करोड ७९ लाख ८२ हजार १०१, नबिल बैंक १६ करोड १५ लाख १७ हजार ७९० र ज्योति विकास बैंकको १३ करोड ९२ लाख ९४ हजार ९९७ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

कारोबारका आधारमा बोटलर्स तराई, मानुषी लघुवित्त र तेह्रथुम पावर कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो । यस्तै, मैलुङ खोला जलविद्युत् कम्पनी ९.६१ र शिव श्री हाइड्रोपावरका लगानीकर्ताले ८.७० प्रतिशतले कमाए । महालक्ष्मी विकास बैंक ४.४६, माउण्टेन इनर्जी २.८४, एसबिएल डिवेञ्चर २, माछापुच्छ्रे बैंकको डिवेञ्चर र एनएमबी ५० का लगानीकर्ताले १.८४ प्रतिशतले गुमाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कालीकोट जिल्लाकै नमूना स्याउ फोइमहादेवमा

मान्म । कालीकोट जिल्लाकै नमूना स्याउ बगैँचा तिलागुफा नगरपालिका-३ फोइमहादेव गाउँमा रहेको छ

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न नसके मुलुकको समृद्धि हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा

समृद्धिको आकाङ्क्षा पूरा गर्न लगानी सम्मेलन ऐतिहासिक कोशेढुङ्गा सावित हुनेछः उद्योगमन्त्री भण्डारी(अन्तरवार्ता)

काठमाडौँ । ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ अर्को साता (वैशाख १६ र १७ गते)

चीनले नेपालमा सञ्चालन हुने सहायता परियोजनासम्बन्धी समन्वय संयन्त्र गठन गर्ने

काठमाडौँ । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि प्राप्त हुने