तिहार पछि बढ्यो सुनको मूल्य, प्रतितोला  ९२ हजार ५ सय रुपैयाँमा कारोबार



काठमाडौं । तिहारपछिको पहिलो कारोबारका दिन सोमबार नेपालको सुनचाँदी बजारमा छापावाल सुनको मुल्य प्रतितोला  एक हजार ५०० ले उकालो लागेर ९२ हजार ५०० रुपैयाँ कायम भएको छ । पहेँलो धातु गत बिहीबार प्रतितोला  ९१ हजारमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार सोमबार तेजाबी सुनको मूल्य प्रतितोला  ९२ रुपैयाँहजार रहने छ जसको मूल्य बिहीबार प्रतितोला ९० हजार ५०० रुपैयाँ तोकिएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य बिहीबारका तुलनामा २५ रुपैयाँले उकालो लागेर एक हजार २५० कायम भएको छ । चाँदी बिहीबार प्रतितोला एक हजार २२५ रुपैयाँमा कारोबार भएको थियो ।
महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको काारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस एक हजार ८१९ दशमलव ७३ डलरमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लगानी बोर्ड र नबिल बैंकबीच पूर्वाधार विकासको लागि रणनीतिक योजनामा सम्झौता

काठमाडौं । लगानी बोर्ड र नबिल बैंकबीच पूर्वाधार विकासको लागि रणनीतिक योजनामा सम्झौता

बढ्यो सार्वजनिक यातायातको भाडा

काठमाडौं । सरकारले सार्वजनिक यातायातको पुनः भाडा वृद्धि गरेको छ । यातायात व्यवस्था

अरुण–४ निर्माणका लागि प्राधिकरण र सतलजबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । सङ्खुवासभास्थित अरुण नदीमा पहिचान गरिएको अरुण–४ अर्धजलाशययुक्त जलविद्युत् आयोजना संयुक्तरुपमा निर्माण

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बृद्धि, पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ पुग्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले