नयाँ मोदी र लाहाचोक सबस्टेशन निर्माण सम्पन्न



पर्वत । पर्वतको देउपुरबाट कास्कीको लेखनाथसम्मको नयाँ मोदी–लेखनाथ प्रसारण लाइनमा पर्ने नयाँ मोदी र लाहाचोक सबस्टेशनको निर्माण सम्पन्न भएको छ । पर्वतको मोदी गाउँपालिका–२ देउपुरस्थित नयाँ मोदी र कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ लाहाचोकस्थित सबस्टेशन तयार भएको हो । लाहाचोक सबस्टेशनको भने डेढ महिनापछि चार्ज गर्ने तयारी रहेको आयोजना प्रमुख रोशन अग्रवालले जानकारी दिए ।

मोदी गाउँपालिकाको देउपुरमा ६३ रोपनी क्षेत्रफलमा निर्माण भएको नयाँ मोदी सबस्टेशन १३२ केभी क्षमताको हो । सबस्टेशनको सिभिल र इलेक्ट्रिकतर्फको सबै काम, कन्ट्रोल भवन, आवासगृह, पर्खाल, पहुँचमार्ग सबैको काम सम्पन्न भएपछि शनिबार चार्ज गरिएको छ । यसमा साविकको पोखरा–मोदी लाइनसमेत जडान गरिसकिएको उनले बताए ।

यसैगरी कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन लाहाचोक सबस्टेशनको सबै काम सम्पन्न भइसकेको छ । उपकरण जडानको सामान्य काम बाँकी रहेकाले एकदेखि डेढ महिनामा चार्ज गर्ने तयारी भइरहेको छ ।

पर्वत र कास्कीको सीमा भएर बग्ने मोदीखोला र कास्कीमा बग्ने सेतीनदी र मर्दीखोलामा बन्ने विद्युत् आयोजनाहरूबाट उत्पादित विद्युतलाई पोखरास्थित सबस्टेशनबाट राष्ट्रिय प्रसारण लाइनमा जोड्न नयाँ प्रसारण लाइन निर्माण भएको हो ।

मोदी –२ देउपुरबाट कास्कीको पोखरा महानगरपालिका लेखनाथसम्म निर्माण हुने प्रसारण लाइन ४२ किलोमिटर लामो हुनेछ । प्रसारण लाइनमा १३८ टावर रहनेछन् । लाहाचोकबाट लेखनाथसम्मको काम भने बाँकी छ । त्यो क्षेत्रमा २० देखि २५ वटा टावर निर्माणको काम बाँकी रहेको छ । स्थानीयवासीको अवरोधलगायत समस्याका कारण टावर निर्माण हुन नसकेको हो । लेखनाथ सबस्टेशनको कामसमेत अन्तिम चरणमा पुगेको आयोजना प्रमुख अग्रवालले जानकारी दिए ।

दुई अर्ब २५ करोडको लागतमा निर्माण हुने प्रसारण लाइन डेढ वर्षभित्र सक्ने लक्ष्य राखिएको भए पनि कोरोना र स्थानीयवासीको अवरोधलगायतका कारण केही समय ढिलाइ भएको हो । यो प्रसारण लाइन निर्माणका लागि सरकार र भारतको एक्जिम बैंकले लगानी गरेका छन् । प्रसारण लाइन निर्माणपछि २०० मेगावट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान गर्न सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग

काठमाडौँ । उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी मान्यता दिन माग गरेका छन्

सरकारले तोक्यो चैते धानको मूल्य

काठमाडौँ ।  सरकारले चैते धानको समर्थन मूल्य तोकेको छ ।  मन्त्रिपरिषद्को बिहीबारको बैठकले

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

  काठमाडौँ ।  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार भने उकालो

निराशा चिर्ने र भरोसा जगाउने चुनौती छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक आर्थिक वर्षमा बजेट मागिरहने तर पुँजीगत