चन्द्रागिरि हिल्सका महाप्रबन्धक शाहलाई ‘वर्ल्ड बुक अफ रेकर्डस’ सम्मान



काठमाडौं । काठमाडौँ उपत्यकाको एक पर्यटकीय गन्तव्यका रुपमा स्थापित चन्द्रागिरि केवलकारको सञ्चालक संस्था चन्द्रागिरि हिल्स लिमिटेडलाई अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित गरिएको छ ।

उपराष्ट्रपति नन्दबहादुर पुनले कम्पनीका महाप्रबन्धक अभिषेकबिक्रम शाहलाई आइतबार आयोजित कार्यक्रममा उक्त सम्मान प्रदान गरेका हुन् ।

बेलायतस्थित ‘वल्र्ड् बुक अफ रेकर्डस’द्वारा पर्यटन तथा सेवाक्षेत्रमा पुर्याएको महत्वपूर्ण योगदानका लागि सो सम्मान गरिएको हो ।
व्यावसायिक र सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने प्रभावशाली व्यक्तित्वलाई सम्मान गर्ने उद्देश्यअनुरुप शाहलाई सो सम्मान प्रदान गरिएको वल्र्ड बुक अफ रेकर्डस् नेपाल च्याप्टरले जनाएको छ ।

नेपालको पर्यटन क्षेत्रमा देखिनेगरी योगदान गरेकाले चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक शाहलाई सम्मान गरिएको नेपाल च्याप्टरका प्रमुख सागर कटुवालले जानकारी दिए । काठमाडौँ उपत्यकाको पर्यटन क्षेत्रको विकास र विस्तारमा चन्द्रागिरि केवलकारले महत्वपूर्ण योगदान गरेको छ ।

चन्द्रागिरिको टाकुरामा रहेको भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल तथा रिसोर्टलगायतका पूर्वाधार निर्माणसँगै सो कम्पनीले एकीकृत पर्यटकीय गन्तव्यका रुपमा विकास गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एक सय ५९ खानी उत्खननका लागि अनुमति

  काठमाडौँ ।  खानी तथा भूगर्भ विभागले विभिन्न समयमा खोजतलास गरिएका एक सय

सुनको मूल्य तोलामा दुई हजार एक सय रुपैयाँले बढ्यो

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई हजार एक सय रुपैयाँले वृद्धि

ग्लोबल आइएमई बैंक र आईएफसीबीच जोखिम व्यवस्थापन सेवासम्बन्धी समझदारी

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग

काठमाडौँ । उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी मान्यता दिन माग गरेका छन्