नेप्सेमा दोहोरो अङ्कको वृद्धि



काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बुधबार दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार नेप्से परिसूचक १८.०६ अङ्कले उकालो लागेर दुई हजार ७६९.१३ मा पुगेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.४९ अङ्कले बढेर ५१६.५६ मा पुगेको छ । कूल २२८ कम्पनीको एक करोड १५ लाख ९२ हजार २३५ कित्ता शेयर रु छ अर्ब ६१ करोड २६ लाख ४८ हजार ८४० मा खरिद बिक्री भए । कारोबार भएका १३ उपसमूहमध्ये सबैभन्दा बढी जीवन बीमा समूह ३१७.७४ विन्दुले उकालो लागेको छ ।

बैंकिङ १३.२६, व्यापार २३.४६, वित्त ९.६६, निर्जीवन बीमा १७८.२३, अन्य २२.८१, लघुवित्त ५८.६ र सामूहिक लगानी कोष ०.१४ अङ्कले बढेका छन् । त्यस्तै कारोबारमा आएका समूहमध्ये होटल तथा पर्यटन १०.२४, विकास बैंक १.५५, जलविद्युत् २०.३८ र उत्पादन ४४.०८ अङ्कले घटेका छन् ।

कारोबारका आधारमा नविल बैंक शीर्ष स्थानमा रहेको छ । बैंकको शेयर रु ४३ करोड १९ लाख ३१ हजार ५३३ मा कारोबार भएको छ । यस्तै आइसीएफसी फाइनान्स रु २० करोड ९२ लाख ९६ हजार ९०७, एनआइसी एशिया बैंक रु १९ करोड ६१ लाख ५२ हजार १०, अरुण भ्याली हाइड्रोपावर रु १७ करोड ९७ लाख ९ हजार २१२ र बेष्ट फाइनान्स रु १७ करोड १० लाख ५१ हजार ७०४ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

आजको कारोबारमा चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा नाफा बढेको विवरण सार्वजनिक गरेको बेष्ट फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ८.६८ प्रतिशतले बढेको छ । त्यस्तै एनआइसी एशिया लघुवित्तको शेयर ७.२१ प्रतिशतले, गुह्ेश्वरी मर्चेण्ट बैंक एण्ड फाइनान्सको शेयरमूल्य ६.७४ प्रतिशतले र मानुषि लघुवित्तको शेयरमूल्य ६.११ प्रतिशतले बढेका छन् ।

आज रैराङ हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ४.७१ प्रतिशतले घटेको छ । आँखुखोला हाइड्रोपावरको ३.८६ प्रतिशत, सिंगटी हाइड्रोपावर २.८८ प्रतिशत, हिमालयन पावर पार्टनरको २.६६ प्रतिशत र आरम्भ चौतारी लघुवित्तको २.६३ प्रतिशतले शेयर मूल्य घटेको छ । बुधबारको कारोबारपछि बजार पूँजीकरण रु ३८ खर्ब ७६ अर्ब ७४ करोड ७८ लाख ६० हजार पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ग्रीन हाइड्रोजन उत्पादनका लागि बुद्धभूमि हाइड्रो र काठमाडौं विश्वविद्यालयबीच सम्झौता

काभ्रे । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) सँग ग्रीन हाइड्रोजन उत्पादनका लागि नुवाकोटको

चैतसम्म वैदेशिक रोजगारीमा जान करिब साढे पाँच लाखले लिए श्रम स्वीकृति

काठमाडौँ । चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान करिब साढे पाँच लाख

तातोपानी भन्सारबाट तीन हजार पाँच सय टन रासायनिक मल काठमाडौँ ढुवानी

सिन्धुपाल्चोक । चीनबाट आयात गरिएको रासायनिक मल तातोपानी भन्सार कार्यालयबाट काठमाडौँतर्फ धमाधम ढुवानी

चार लाख २६ हजार पर्यटकद्वारा एकवर्षमा मुस्ताङ भ्रमण

म्याग्दी । पछिल्लो एक वर्षको अवधिमा चार लाख २६ हजार नौ सय ६४