फेरि उकालो लाग्यो सुनको मूल्य



काठमाडौं । सुनको मूल्य पुनः उकालो लागेको छ । तोलामा नै मङ्गलबार एक हजार सात सय रुपैयाँले घटेको सुनको मूल्य बुधबार भने ५०० रुपैयाँले बढेको हो ।

नेपाल सुचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार तोलामा ८७ हजारमा कारोवार भएको छापावाला सुन आजका लागि भने ८७ हजार ५०० रुपैयाँ मूल्य निर्धारण भएको छ ।

यस्तै तेजाबी सुन मङ्गलबार तोलामा ८६ हजार ५५० रुपैयाँमा कारोवार भएकामा आज भने तोलामा ८७ हजार ५० रुपैयाँ मूल्य निर्धारण भएको छ । यस्तै चाँदी तोलामा नै २५ रुपैयाँले वृद्धि भएको छ । चाँदी प्रतितोला एक हजार २९० रुपैयाँमा मङ्गलबार कारोवार भएकामा आजका लागि भने एक हजार ३१५ रुपैयाँ मूल्य निर्धारण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
म्याग्दीमा मौरीपालक कृषक बढ्दै ,उत्पादन घट्दै

गलेश्वर । म्याग्दीका जंगलमा विगत तीन वर्ष यता अत्यधिक डढेलो लागेका कारण पुष्परसमा

राहुघाटमा निर्माणाधीन पाँच जलविद्युत् आयोजना अन्तिम चरणमा

म्याग्दी। म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाटमा सञ्चालित पाँच वटा जलविद्युत् आयोजना एकैसाथ

मनाङ आउने पर्यटकको रोजाइमा होमस्टे

  मनाङ । पछिल्लो समय भ्रमणका क्रममा बसोबासका लागि घरबास (होमस्टे) रोजाइमा पर्ने

सुनकोसी मरिण डाइभर्सनको सुरुङ छिचोल्न एक सय १० मिटर मात्र बाँकी, वैशाख २६ गते ‘ब्रेक थ्रु’ गरिने

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण