हाम्रो नयाँ कृषि सहकारी संस्था औपचारिक रुपमा सञ्चालनमा



काठमाडौ । विदेशबाट फर्किएका युवाहरूलाई कृषि क्षेत्रमा आकर्षण गर्ने उद्देश्यले र व्यवसायिक कृषिका लागि सहुलियत पूर्ण कृषि कर्जा दिने हेतुले कृषि सहकारी संस्थाले काम सुरु भएको छ ।

बिहीबार नक्सालस्थित कार्यालयमा एक कार्यक्रम गरी संस्थाको उद्घाटन गरिएको हो । ७७ वटै जिल्लामा संचालन गरिएको हाम्रो कृषि सहकारी संस्थाले लगनशीलता, दृढता र पारदर्शितालाई मुलमन्त्र मानेर कार्य गर्ने भएको छ ।

हाम्रो नयाँ कृषि सहकारी संस्था लिमिटेडको संस्थापक अध्यक्ष पूर्वमन्त्री शक्ति बहादुर बस्नेतले अबको कार्य क्षेत्र भनेको कृषिको कार्य भएको र यस क्षेत्रमा सकृयताका साथ अगाडि बढ्न सबैलाई आग्रह गरेका छन् ।

कृषि क्षेत्रलाई व्यापकता बनाउनु पर्ने, संस्थाको लक्ष्य उद्देश्य पुरा गर्नका लागि कटिवद्ध भएर अग्रसर हुन पर्ने सांसद नवराज सिलवालले बताए । कार्यक्रममा पूर्वमन्त्री सत्या पहाडी, एनआरएनका अध्यक्ष कुमार पन्तलगायत हाम्रो नयाँ कृषि सहकारी संस्थाका सम्पूर्ण पदाधिकारी र शेयर सदस्यहरूको उपस्थिति रहेको थियो ।

सहकारीका अध्यक्ष सूर्य बहादुर गुरुङ्गले हामी जन्मदेखि नै कृषि गरेर नै हुर्किएका र सामूहिक सहकारी गर्न सिकेको अनुभव रहेकाले यसलाई त्यसैअनुरुप संचालन गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एक सय ५९ खानी उत्खननका लागि अनुमति

  काठमाडौँ ।  खानी तथा भूगर्भ विभागले विभिन्न समयमा खोजतलास गरिएका एक सय

सुनको मूल्य तोलामा दुई हजार एक सय रुपैयाँले बढ्यो

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई हजार एक सय रुपैयाँले वृद्धि

ग्लोबल आइएमई बैंक र आईएफसीबीच जोखिम व्यवस्थापन सेवासम्बन्धी समझदारी

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग

काठमाडौँ । उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी मान्यता दिन माग गरेका छन्