सुनको मूल्य प्रतितोला २३ सय रुपैयाँले घट्यो



काठमाडौं । सुनको मूल्यमा ठूलो अङ्कले ह्रास आएको छ । आइतबार सुनको मूल्य प्रतितोला दुई हजार ३०० रुपैयाँले ओरालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि तोकेको मूल्यअनुसार छापावाला सुन प्रतितोला ९३ हजार रुपैयाँ छ ।

प्रतितोला ९५ हजार ३०० रुपैयाँमा शुक्रबार कारोवार भएको छापावाला सुन आज प्रतितोला दुई हजार ३०० रुपैयाँले ओरालो लागेर ९३ हजार कायम भएको छ । यस्तै तेजाबी सुन आजका लागि प्रतितोला ९२ हजार ५०० रुपैयाँ तोकिएको छ ।

प्रतितोला ९४ हजार ८०० रुपैयाँमा शुक्रबार कारोवार भएको थियो । तेजाबी सुन शुक्रबारका तुलनामा आज दुई हजार ३०० रुपैयाँले नै ओरालो लागेको हो ।

यस्तै चाँदीको मूल्य प्रतितोला एक हजार २७० रुपैयाँ मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । चाँदी प्रतितोला शुक्रबार एक हजार ३३० रुपैयाँमा कारोवार भएको थियो । चाँदी तोलामा ६० रुपैयाँले घटेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
धितोपत्र बजारमा यस साता ८३ अर्ब बढीको कारोबार

काठमाडौं । धितोपत्र बजारमा यस साता ८३ अर्ब बढीको कारोबार भएको छ ।

कालिकोटको तिलागुफामा सामूहिक स्याउ उत्पादन जुटे युवा

मान्म । कालिकोटको तिलागुफा नगरपालिका–३ फोइमहादेवका युवा सामूहिक स्याउखेतीमा लागेका छन् । स्याउका

महामारीले अर्थतन्त्रका सबै क्षेत्रमा समस्या बढ्यो, साझा सहकार्य जरुरी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घले कोभिड–१९ को महामारीले अर्थतन्त्रका सबै क्षेत्र, रोजगारी

कैलालीका किसानलाई चैते धान भित्राउन चटारो

कैलाली । कैलालीको भजनीका किसानलाई यतिखेर चैते धान भित्राउने चटारो छ । कैलालीका