सुनको मूल्य तोलामा ११ सय रुपैयाँले बृद्धि



काठमाडौं । सुनको मूल्यमा एक हजार १०० रुपैयाँले वृद्धि भएको छ । छापावाला सुन मंगलबार प्रतितोला ९६ हजार ४०० रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण गरिएको छ । छापावाला सुन सोमबार प्रतितोला ९५ हजार ३०० रुपैयाँमा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुन आज प्रतितोला ९५ हजार ९०० रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सो सुन प्रतितोला ९४ हजार ८०० रुपैयाँमा सोमबार कारोवार भएको थियो ।

यस्तै चाँदी प्रतितोला १० रुपैयाँले वृद्धि भई प्रतितोला एक हजार ३३५ रुपैयाँमा कारोवार भएको छ । चाँदी प्रतितोला एक हजार ३२५ रुपैयाँमा सोमबार कारोवार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चार लाख २६ हजार पर्यटकद्वारा एकवर्षमा मुस्ताङ भ्रमण

म्याग्दी । पछिल्लो एक वर्षको अवधिमा चार लाख २६ हजार नौ सय ६४

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता

काठमाडौँ । नागरिक लगानी कोष र सिउरी न्यादी पावर लिमिटेडबीच सेयर प्रत्याभूतिसम्बन्धी द्विपक्षीय

नेप्से परिसूचकको ओरालो यात्रा जारी, दुई अर्ब नौ करोडको कारोबार

  काठमाडौँ ।  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार पनि ओरालो

नौ महिनामा तातोपानी भन्सारमा आठ अर्ब ५६ करोड राजश्व संकलन

  चौतारा । चालु आर्थिक वर्षको नौ महिनामा तातोपानी भन्सार कार्यालयले लक्ष्यभन्दा बढी