तरकारी बजारमा ‘क्यूआर कोड’मार्फत भुक्तानी



काठमाडौं । डिजिटल वित्तीय प्रणालीको विकास तथा प्रवद्र्धन गर्न भन्दै नक्सालको तरकारी बजारमा ‘क्यूआर कोड’मार्फत भुक्तानी प्रक्रियाको शुभारम्भ गरिएको छ । नेपाल राष्ट्र बैंक र सानिमा बैंकको संयुक्त सहकार्यमा शुक्रबारदेखि नक्सालको तरकारी बजारमा क्यूआर कोर्ड भुक्तानी प्रक्रिया लागू गरिएको हो ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले फलफूल तथा तरकारी खरिद गरेर क्यूआर कोडमार्फत भुक्तानी गरेर डिजिटल भुक्तानीको उद्घाटन गरे । डिजिटल भुक्तानी प्रणालीलाई सहजीकरण गर्न सानिमा बैंकले नक्साल तरकारी बजारका बिक्रेताहरूलाई निःशुल्क क्यूआर कोड वितरण गरेको थियो ।

कार्यक्रममा गभर्नर अधिकारीले विद्युतीय माध्यमबाट भुक्तानी गर्न मिल्ने व्यवस्थालाई व्यवस्थित गर्दै विस्तार गरिने बताए । क्यूआर कोडमार्फत भुक्तानी गर्दा खुद्रा पैसाको झन्झट नहुने, जुनसुकै समयमा पनि निःशुल्क कारोबार गर्न सकिने तथा ग्राहकबाट भुक्तानी भएको रकम बैंक खातामै जम्मा हुने भएकाले उक्त माध्यमबाट कारोबार गर्दा सहज हुने बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चिया निर्यातमा हट्यो भारतीय अवरोध, १७ वटा नेपाली ट्रक भन्सार पास

झापा । भारतीय भन्सारले पाँच दिनअघिदेखि रोकेको नेपाली तयारी चियाको निर्यात बुधबारदेखि खुला

धनकुटाको कोसेली नरिवल बिस्कुट

धनकुटा । के तपाईँ धनकुटा पुग्नुभएको छ ? यदि पुग्नुभएको छ भने अवश्य

शेयर बजारमा झिनो अंकको बृद्धि

काठमाडौं । शेयर बजार नेप्से झिनो अंकले बढेको छ । बुधबार नेप्से शून्य

कतारका अमिर नेपालमा ऊर्जा, यातायात र कृषि क्षेत्रमा सहकार्य गर्न सकारात्मक

काठमाडौँ ।  नेपाल र कतारबीच लगानी एवं सहकार्यका विविध क्षेत्रमा सहजीकरण गर्नका लागि